काठमाण्डौंमा बितरण हुने खानेपानीमा ब्यापक लापरबाही

Written by admin. Posted in विविध, विशेष

Published on June 25, 2012 with

खानेपानी समयमा नपाएर हैरान बनिरहंदा काठमाण्डौ उपत्यकामा वितरण हुने पानीमा चरम लापरबाही हुने गरेको तथ्य फेला परेको छ। काठमाडौ उपत्यका खानेपानी लिमिटेडले वितरण गर्न भण्डार गर्ने मुहानमा नै मरेको बोइलर कुखुरा लगायतका पंक्षीहरु फेला परेका छन्। काठमाण्डौको बिभिन्न स्थानहरुमा सहजरुपमा खानेपानी बितरण हुन नसकिरहेको बेला बितरण प्रणालीमा नै हुने लापरबाही सार्वजनिक भएको छ। जेनतेन हप्तामा एकपटक खानेपानी बितरण गर्दे आईरहेको काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडको बालाजुस्थित नार्गजुन जंगलमा रहेको पानी संकलन र भण्डार गर्ने स्थानमा मरेको बोईरल कुखुरा,कोईली लगायतको पंक्षीहरु फेला परेको छ।

खानेपानी संकलन र भण्डारण गरि आम नागरिक शुद्व,सफा र स्वस्थकर पानी बितरण गर्नुपर्ने भएपनि त्यस्तो नभएको पाईएको छ। राणाकालिन समयमा निर्माण गरिएको बालाजुस्थित सो खानेपानी प्रशोधन गर्ने स्थानमा भएका मेशीन र अन्य उपकरणहरु बिग्रिएर जिर्ण बनेपछि नागरिक फोहर पानी पिउन बाध्य छन्। भएको संरचनाले जेनतेन ढङ्गबाट काम गर्दे सो स्थानमा खानेपानी संकलन मात्र हुँदै आएको छ। सो केन्द्रले पानी प्रशोधन,फिल्टर लगायतका अन्य कुनै कार्य गर्ने गरेको छैन। भएको संरचनामा खानेपानी जम्मा हुने गरेको र त्यहीबाट पानी बितरण हुदै आएको बताईएको छ।

खानेपानीको मुहान र ट्याङ्कीमा नै फोहर तथा मृत पंक्षीहरु हुनुले पानीजस्तो संबेदशीनशिल बिषयमा लिमिटेडले खेलवाड गरेको आरोप स्थानीयबासीको रहेको छ। स्थानीय महिला उत्थान समाजका पदाधिकारी सो केन्द्रबाट बितरण हुने पानी फोहर र लेदो मिसिएको बताउछन्। सम्बन्धित निकायले चासो नदिदा र समय समयमा भौतिक संरचनाको पुर्ननिर्माण नगरिदा समस्याले निकास पाउन सकेको छैन। केन्द्रका प्रमुख मुकुन्द भण्डारी जुन गुणस्तरको पानी पठाउनुपर्ने त्यस्तो पानी बितरण गर्न नसकिएको स्वीकार गर्छन।

लथालिङ्ग र भताभुङ्ग अबस्थामा पुगेको बालाजुको सो केन्द्रको बिग्रिएको प्लान्टबाट पानी प्रशोधित भएर सफा र शुद्व पानी नागरिकले पाउनुपर्ने हो तर प्लान्टमा फोहर तौरिरहेको र भ्यागुताका बच्चा चेपागाडाहरु मज्जाले पौडिरहको देखिन्छ। यस्ता संरचनाबाट खानेपानी बितरण हुँदा नागरिकले कस्तो पानी उपभोग गरिरहेका छन्। यस्तो बेहाल हुँदा समेत सम्बन्धित निकाय किन मौन छ।

facebook comments:

Leave a Comment