प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई ब्राजिल भ्रमणबाट फर्कदै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताहरु अन्तर्राष्ट्रिय विमानस्थल बाहिर कालोझण्डा लिएर बसेका थिए। तर, प्रहरीको धरकपडपछि प्रदर्शनकारीको कालोझण्डा प्रधानमन्त्रीले देख्नु त परेन, सर्वसाधारणहरुले भने धेरै सास्ती पाए। प्रधानमन्त्री डा.बाबुराम भट्टराईको ब्राजिल भ्रमणको विरोध गर्दै आएका कांग्रेस कार्यकर्ताहरुले नाराबाजी सुरु गर्न नपाउंदै प्रहरीले धरकपड गरेको थियो। त्यस क्रममा नेपाल विद्यार्थी संघका [...]
एकीकृत नेकपा माओवादीको विभाजनसंगै पार्टीका जनवर्गीय संगठनहरुको आवद्धताका बारेमा हानथाप चलेको छ। नवगठित नेकपा माओवादीले आफ्नो पक्षमा उन्नाइस जनवर्गीय संगठन रहेको दाबी गरिरहेका बेला विभिन्न २७ जनवर्गीय संगठनहरुले भने पार्टी फुटेपनि आफुहरु एकीकृत माओवादीमै रहेको बताएका छन्। जातीय तथा क्षेत्रीय जनवर्गीय संगठनका प्रमुखहरुले पार्टी कार्यालय पेरिसडांडामा आज पत्रकार सम्मलेन गर्दै वैद्य समूहले पार्टी फुटाउनुले राष्ट्र [...]
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले अहिलेको सरकारलाई अध्यादेश मार्फत पुर्ण बजेट ल्याउने नैतिक अधिकार नभएको बताउनुभएको छ। काभ्रेको बनेपामा आयोजित पत्रकार सम्मेलनमा नेता महतले अहिलेको सरकार कामचलाउ भएकाले यसले आंशिक वजेट मात्र ल्याउन सक्ने बताउनुभयो। उंहाले राष्ट्रिय सहमतिको सरकार गठन भएपछि त्यसले मात्र पूर्ण बजेट ल्याउनुपर्ने बताउनुभयो। राजनीतिक सहमति जुटाएपछि बजेटको मामिला आफैं [...]
प्रधानमन्त्री डाक्टर बाबुरँम भट्टराईले निर्वाचित संसदबाट अर्को प्रधानमन्त्री चयन नभएसम्म आफूले राजीनामा नदिने स्पष्ट पारेका छन्। दिगो विकास सम्बन्धी संयुक्त राष्ट्र संघिय सम्मेलनमा सहभागी भइ स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री भट्टराईले अन्तरिम संविधानले नयां निर्वाचन अघि प्रधानमन्त्रीको राजीनामाको बिकल्प नदेखेको दाबी गरे। ब्राजिलको रियो दि जेनेरियामा सम्पन्न वातावरण [...]
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एकतर्फी रुपमा सरकारले घोषणा गरेको निर्वाचन कुनै हालतमा हुन नसक्ने बताउनुभएको छ। झापाको भद्रपुरमा आयोजित अन्तर्क्रियामा महामन्त्री सिटौलाले वर्तमान राजनीतिक संकट समाधान गर्न सहमतिको विकल्प नरहेकाले सरकारले एकलौटी रुपमा घोषणा गरेको निर्वाचनको औचित्य नभएको बताउनुभयो। सहमतिको बाधक वर्तमान सरकार भएकाले प्रधानमन्त्रीले राजीनामा नदिए लोकतन्त्रवादी शक्तिले आन्दोलन मार्फत सरकार ढाल्ने चेतावनी [...]
खानेपानी समयमा नपाएर हैरान बनिरहंदा काठमाण्डौ उपत्यकामा वितरण हुने पानीमा चरम लापरबाही हुने गरेको तथ्य फेला परेको छ। काठमाडौ उपत्यका खानेपानी लिमिटेडले वितरण गर्न भण्डार गर्ने मुहानमा नै मरेको बोइलर कुखुरा लगायतका पंक्षीहरु फेला परेका छन्। काठमाण्डौको बिभिन्न स्थानहरुमा सहजरुपमा खानेपानी बितरण हुन नसकिरहेको बेला बितरण प्रणालीमा नै हुने लापरबाही सार्वजनिक भएको छ। जेनतेन हप्तामा [...]
मनाङका बैंकमा रकम अभाव भएको छ। मनाङमा रहेको एकमात्र बैंक नेपाल बैंकको शाखा कार्यालयमा मौसम खराबीका कारण सदरमुकाम चामेमा हेलिकप्टर अवतरण हुन नसकेपछि बैंकमा रकम अभाव भएको हो। नेपाल राष्ट्र बैंक पोखराबाट मनाङमा पैसा पठाउने गरिएपनि खराब मौसमका कारण हेलिकप्टर अवतरण हुन नसक्दा पैसा अभाव भएको नेपाल बैंक लिमिटेड शाखा कार्यालय मनाङका निमित्त प्रवन्धक महेन्द्र [...]
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संवैधानिक र राजनीतिक संकट आउनुमा प्रधानमन्त्री नै प्रमुख कारण रहेको बताउनुभएको छ। राजधानीको चाबहिलस्थित सेन्ट लरेन्स कलेजद्वारा आयोजित ३ दिने बृहत विज्ञान प्रविधि प्रदर्शनको आज उद्घाटन गर्दै अध्यक्ष खनालले मुलुकका सबै क्षेत्रमा संकट देखिनुमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नै दोषी रहेको आरोप लगाउनुभएको हो। उहांले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर दलीय [...]
सन् २००८को मुम्बई हमलामा संलग्न थप एक अभियुक्तलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। प्रहरी अधिकारीले मुम्बई हमलासंग जोडिएका अबु हमजालाई पक्राउ गरिएको जनाएका छन्। मुम्बई हमलामा हमजा १० जना बन्धुकधारीहरुको टोली प्रमुख रहेको बताइएको छ। हमजा भारतको महाराष्ट्रमा बस्ने गरेको र उनी भारतीय नागरिक नै भएको प्रहरी स्रोतले जानकारी गराएको छ। सन् २००८ नोभेम्बर २६ [...]
सडक विस्तारको बाहनामा मनपरि गरेको आरोपसहित महाराजगन्ज चक्रपथ क्षेत्रका स्थानीयवासिन्दा आन्दोलित भएका छन्। सडक विस्तारका नाममा सरकारले स्पष्ट मापदण्ड नतोकी मुआब्जा बिना नै व्यक्तिगत सम्पत्तिमाथि खेलवाड गरेको आरोप लगाउंदै चक्रपथवासी आन्दोलित बनेका हुन्। सडक विस्तारको विरोधमा उनीहरुले आज महाराजगंज क्षेत्रमा र्यालीसहित प्रदर्शन गरेका छन्। स्थानीयवासी भनिएपनि प्रदर्शनका क्रममा राजनीतिक दलका झण्डासमेत देखिएका थिए। आन्दोलनकारीले प्रधानमन्त्रीविरुद्ध [...]