Articles Posted on June 22nd, 2012

  • gitti

    लाखौ मुल्य बराबरको गिट्टीढुंगा भारततर्फ निकासी

    रौतहटको गौर नाका हुंदै दैनिक लाखौ मुल्य बराबरको गिट्टीढुंगा भारततर्फ निकासी भइरहेपनि स्थानीय प्रशासन भने मौन देखिएको छ। राजस्व छलेर प्रहरीको मिलेमतोमा गिट्टी भारत निकासी हुनेगरेपनि नियन्त्रणतर्फ कसैले चासो देखाएको छैन। रौतहटको एक मात्र शिव शक्ति क्रसर उद्योग गरुडालाई २१ हजार घनमिटर गिट्टी निकासीको अनुमति जिल्ला विकास समितिले दिएको भएपनि अनुमति भन्दा बढी गिट्टी निकासी [...]

  • sushil-koirala1

    एकल जातीय पहिचानमा सम्झौता गर्न नसक्ने स्पष्ट : सुशील कोइराला

    नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेपाली कांग्रेसले एकल जातीय पहिचानमा सम्झौता गर्न नसक्ने स्पष्ट पार्नुभएको छ। पार्टी कार्यालय सानेपामा आज आयोजित तरुण दलका केन्द्रीय सदस्यहरुको प्रतीज्ञा सभामा सभापति कोइरालाले कांग्रेसले एकल जातीय पहिचान कुनै पनि हालतमा नस्वीकार्ने बताउनुभएको हो। उंहाले पार्टी भित्रको विवाद समाप्त भएको भन्दै विगतमा तीता मीठा कुरा बिर्सिएर अघि बढ्न तरुण कार्यकर्ताहरुलाई [...]

  • jhalnath-sapath

    जातीय राज्य एमालेलाई अस्वीकार्य

    नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेकपा एमाले जातीय राज्यका पक्षमा नरहेको बताउनुभएको छ। काभ्रेको बनेपामा नेकपा एमाले काभ्रेको तीन नम्बर क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष खनालले मुलुकलाई जातीय राज्यमा विभाजन गर्दा जातजातिबीच वैमनस्यता बढ्ने भएकाले जातीय राज्य एमालेलाई स्वीकार्य नहुने बताउनुभयो। उंहाले माओवादीले कुनै पनि दलसंग सहकार्य नगरी एकलौटी रुपमा संबिधानसभा विघटन गरेकाले माओवादीले नै [...]

  • यस वर्षको प्रवेशिका परीक्षामा बोर्ड सेकेण्ड हुने विद्यार्थीलाई सम्मान

    यस वर्षको प्रवेशिका परीक्षामा बोर्ड सेकेण्ड हुने विद्यार्थीलाई सम्मान

    यस वर्षको प्रवेशिका परीक्षामा बोर्ड सेकेण्ड हुने विद्यार्थीलाई सम्मान गरिएको छ। प्रवेशिका परीक्षामामा उत्कृष्ट अंक ल्याई बोर्ड सेकेण्ड हुने विराटनगरका आवेशजंग कार्कीलाई काठमाण्डौको सौर्य कलेजले सम्मान गरेको हो। सम्मानित कार्कीलाई कलेजले एक कार्यक्रमको आयोजना गरी कलेजमा भर्नासमेत गरेको छ। उनले प्रवेशिका परीक्षामा चौरानब्बे दशमलब पांच प्रतिशत अंक प्राप्त गरेका थिए। काठमाण्डौको गैरीधारामा अवस्थित सौर्य कलेजले [...]

  • Chitra-bahadur-KC

    माओवादी, मधेसवादी र जातिवादीका कारणसंविधान नबनेको स्पष्ट : चित्रबहादुर केसी

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादी, मधेसवादी र जातिवादीका कारणसंविधान नबनेको बताउनुभएको छ। अखिल नेपाल शिक्षक संघको राष्ट्रिय परिषदको बुटवलमा उद्घाटन गर्दै अध्यक्ष केसीले माओवादी, मधेसबादी र जातिवादी नै संविधान निर्माणको बाधक भएको बताउनुभएको हो। उंहाले राजनीतिक पार्टीहरु बाहिरबाट चलेकाले संविधान जारी हुन नसकेको पनि आरोप लगाउनुभयो। अध्यक्ष केसीले संघीयता देशको क्षमता, आवश्यकता र हैसियतमा [...]

  • accident-sig

    ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    बीरगंज पथलैया सडकखण्ड अन्तर्गत बाराको रामपुर टोकनी नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। पथलैयाबाट वीरगंज गइरहेको ना ३ ख ६४१९ नम्वरको ट्रकले विपरित दिशाबाट गइरहेको ज ३ प ५०२२ नम्वरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो। ट्रकको ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत [...]

  • sukumbasi--aandolan

    सुकुम्वासी आन्दोलन

    वर्षाको समयमा घर टहरा हटाउने निर्णय खारेजी तथा बस्ने वैकल्पिक व्यवस्थाको माग गर्दै कपिलवस्तुका सुकुम्बासी आन्दोलनमा उत्रिएका छन्। राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल बसोबास संरक्षण मञ्च र अखिल नेपाल सुकुम्बासी संघको संयुक्त संघर्ष समितिको आयोजनामा आज उनीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुका साथै एक घण्टा धर्ना दिएका हुन्। उनीहरुले वर्षाको समयमा आफूहरुको बिच्चल्ली पार्ने गरी [...]

  • petrol-birodh

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुनुपर्ने माग राख्दै प्रदर्शन

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुनुपर्ने माग राख्दै उपभोक्ताहरुले नेपाल आयल निगम अगाडि प्रदर्शन गरेका छन्। नागरिक न्यायिक उपभोक्ता मञ्च, राष्ट्रिय उपभोक्ता मञ्च, सेवा नेपाल, उपभोक्ता अधिकार अनुसन्धान मञ्च, उपभोक्ता अधिकार संरक्षण मञ्च र पब्लिक फोरम लगाएतका उभोक्तासम्बन्धी मञ्चहरुले आज आयल निगम अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नाराबाजी गरे। नागरिकको ढाड सेक्ने गरी निगमले गरेको [...]

  • sher-bahadur-deuba

    चुनाव घोषणा गरेर एकीकृत नेकपा माओवादीले समस्या थपे : शेरबहादुर देउवा

    नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले चुनाव घोषणा गरेर एकीकृत नेकपा माओवादीले समस्या थपेको बताउनु भएको छ। लोकतान्त्रिक गैरसकारी संस्था महासंघ राष्ट्रिय भेलालाई आज राजधानीमा सम्बोधन गर्र्दै देउवाले विद्यमान राजनीतिक गतिरोधको निकास सहमतिबाटै खोजिनु उपयुक्त हुने बताउनुभयो। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले पार्टीको नीति अनुरुप कुनैपनि व्यक्तिलाई गैरसरकारी संस्थाहरुमा नपठाएको स्पष्ट [...]

  • Raja-Pervez-Ashraf

    नयां प्रधानमन्त्रीको लागि राजा परवेश अशरफलाई सिफारिस

    पाकिस्तानको सत्तारुढ दल पाकिस्तान पिपुल्स पार्टीले नयां प्रधानमन्त्रीको लागि राजा परवेश अशरफलाई सिफारिस गरेको छ। पार्टीका वरिष्ठ नेता खुर्शीद शाहले नयां प्रधानमन्त्रीको लागि अशरफको नाम घोषणा गरेका हुन्। राष्ट्रपति असिफ अलि जर्दारीले नयां प्रधानमन्त्रीका लागि संसद समक्ष सिफारिस गरेका उद्योगमन्त्री मखदूम शहाबुद्दीनलाई पक्राउ पुर्जी जारी गरिएपछि पार्टीले अशरफको नाम अगाडि सारेको हो। शहाबुद्दीनलाई लागू औषधको [...]