नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा विघटित चितवन जिल्ला समितिका सभापति विकास कोइरालाले कांग्रेस कमजोर बनाउने खतरनाक योजना अन्तर्गत आफूलाई कारबाही गरिएको आरोप लगाउनुभएको छ।
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेस नेतृत्व विधि र विधान भन्दा बाहिर गए कार्यकर्ताले मान्नै पर्ने बाध्यात्मक स्थिति नरहने चेतावनी दिंदै केन्द्रीय समितिको निर्णयको राजनीतिक रुपमा प्रतिवाद गर्ने चेतावनी दिनुभयो।
कोइरालाले हुकुम प्रमाङ्गीको रुपमा कुनै व्यक्ति विशेषलाई नेतृत्वमा स्थापित गर्ने अभिप्रायले आफूलाई कारबाही भएको पनि दाबी गर्नुभयो। केन्द्रीय समितिको हिजो बसेको बैठकले तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेललाई झुठो मुद्दा लाग्दा जिल्ला सभापतिको हैसियतले कोइरालाले बचाउका लागि कुनै राजनीतिक भूमिका निर्वाह गर्न नसकेको भन्दै चितवन कार्यसमिति भंग गरेको थियो।
चन्दा घिमिरे










There are currently no comments on कांग्रेस कमजोर बनाउने खतरनाक योजना अन्तर्गत आफूलाई कारबाही गरिएको आरोप : विकास कोइराला. Perhaps you would like to add one of your own?