एकीकृत नेकपा माओवादी र नवगठित नेकपा–माओवादीका बिच विवाद

Written by admin. Posted in राजनीति, विशेष

Published on June 21, 2012 with

एकीकृत नेकपा माओवादी र नवगठित नेकपा–माओवादीका बिच पार्टी कार्यालयको स्वामित्वलाई लिएर ठाउंठाउंमा विवाद देखिएको छ। काठमाडौंको भृकुटीम48डपस्थित सो पार्टीको कर्मचारी संगठनको स्वामित्वलाई लिएर एकीकृत माओवादी र माओवादीका बीच दिनभर हातहालाहालको स्थिति रह्यो। अपरान्हसम्म नवगठित माओवादीको नियन्त्रणमा रहेको सो कार्यालयलाई एकीकृत नेकपा माओवादीको कर्मचारी संगठनले नियन्त्रणमा लिएको दाबी गरेको छ।

संस्थापन पक्षका कर्मचारी प्रकाश महतराका अनुसार एकीकृत माओवादीले नियन्त्रणमा लिएको सो कार्यालयमा अहिले ताला लगाइएको छ र कार्यालय क्षेत्रमा प्रहरी तैनाथ गरिएको छ। काठमाडौंको केन्द्र भागका रुपमा परिचित भृकुटी मण्डपमा रहेको सो कार्यालय अत्यन्त सस्तो दरमा भाडामा लिइएको बताइन्छ। कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा माउ पार्टी एकीकृत माओवादी रहेको छ भने कुपोण्डोलस्थित नेवा राज्य समितिको कार्यालयलाई मोहन बैद्य नेतृत्वको माओवादीले आफ्नो केन्द्रीय कार्यालय बनाएको छ।

यि दुबै कार्यालय माओवादीको स्वामित्वमा रहेका छन्। बुद्धनगरस्थित जनवर्गीय संगठनले भाडामा लिएको कार्यालय बैद्य नेतृत्वको माओवादीले लिएको छ। पार्टी विभाजनको घोषणासंगै एकीकृत माओवादी निकट नेताहरु आ–आफ्ना सामान लिएर बाहिरिएका थिए। अन्य जिल्लाहरुमा पनि जसको जहां बाहुल्य छ उसै पक्षले कार्यालय नियन्त्रणमा लिन थालेका छन्। माउ पार्टी आफु भएकाले यस अघि प्रयोग गर्दै आएका कार्यालय स्वतः आफ्नो हुने एकीकृत माओवादीको दाबीलाई बैद्य नेतृत्वको माओवादीले ठाउंठाउंमा चुनौति दिएको छ।

नारायण 

facebook comments:

Leave a Comment