इन्डोनेसियाको राजधानी जार्काताको पूर्वी क्षेत्रमा ७ जना यात्रु सहितको वायु सेनाको जहाज दुर्घटना भएको छ। जाकार्ताको एक हाउजिङ कम्प्लेक्समा जहाज ठोक्किएर दुर्घटना भएको बताइएको छ। दुर्घटनामा जहाजको पाटपुर्जा छेदबिच्छेद भएको छ भने कम्प्लेक्समा पनि क्षति पुगेको छ। जहाजमा सबै यात्रुको मृत्यु भएको अनुमान गरएको छ। त्यस्तै २ सय जना यात्री सहितको डुङ्गा इन्डोनेसियाको सामुन्द्रिक क्षेत्रमा डुबेको छ। अष्ट्रेलिया सरकारको शरणमा गएका एसियाली मुलका नागरिकहरु चढेको डुङ्गा दुर्घटना भएको बताइएको छ। अष्ट्रेलियाको क्रिष्मस टापुबाट २ सय २० किलोमिटर उत्तरमा पर्ने सो क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा ७५ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। उद्धार कार्य भने जारी रहेको छ।










There are currently no comments on इन्डोनेसियाको राजधानी जार्काताको पूर्वी क्षेत्रमा ७ जना यात्रु सहितको वायु सेनाको जहाज दुर्घटना. Perhaps you would like to add one of your own?