Articles Posted on June 21st, 2012

  • Nirbachan-aayog

    कानूनी र संवैधानिक अड्चन असार मसान्तभित्र फुकाउन आग्रह : निर्वाचन आयोग

    निर्वाचन आयोगले दलहरुका बीचमा सहमति गरी नयां निर्वाचनका लागि देखिएका कानूनी र संवैधानिक अड्चन असार मसान्तभित्र फुकाउन आग्रह गरेको छ। काठमाडौंमा भएको अन्तर्क्रियामा निर्वाचन आयोगका आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनका लागि कम्तीमा चार महिना चाहिने उल्लेख गर्दै कानूनी अड्चन फुकाउन आग्रह गर्नुभएको हो। अन्तरिम संविधानले संविधानसभाको नयां निर्वाचनका बारे कल्पना गरेको थिएन। जसका कारण नयां निर्वाचनका [...]

  • HTV-website-picture

    मोडेल बजेट

    संविधानसभाको विघटनपछि बढ्दै गएको अनिश्चिततासंगै सरकारको वार्षिक नीति तथा कार्यक्रमसमेत नराम्ररी प्रवाभित बन्न पुगेको छ। राजनीतिक दलहरुमा देखिएको विवाद बढ्दै जाँदा बजेट समयमै आउनेमा शंका बढिरहेको अवस्थामा राजधानीमा भने मोडेल बजेट सार्वजनिक गरिएको छ। चुलिंदै गएको राजनीतिक संक्रमणका कारण समयमै बजेट आउने या नआउने दुविधा बढीरहेको बेला राष्ट्रिय आर्थिक तथा विकास अनुसन्धान परिषद् नारेकले विहीबार [...]

  • prasadh-man-singh

    पछिल्लो ५ वर्षमा पहिलो पटक सगरमाथा अञ्चलबाट कार्यकर्तालाई प्रशिक्षण

    लामो समयदेखि विवादमा रुमल्लिएको कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले देशव्यापी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। नेपाली कांग्रेसको निर्देशनमा नेविसंघले पछिल्लो ५ वर्षमा पहिलो पटक सगरमाथा अञ्चलबाट कार्यकर्तालाई प्रशिक्षण दिन सुरु गरेको हो। विगत ५ वर्षदेखि निष्त्रि्कय रहेको नेविसंघ पार्टी भित्रको विवाद सुल्झेसंगै संगठन सुदृढीकरणमा लागेको छ। देशभरका १४ वटै अञ्चलमा प्रशिक्षण कार्यक्रम गरेर १ लाख [...]

  • bikash-koirala

    कांग्रेस कमजोर बनाउने खतरनाक योजना अन्तर्गत आफूलाई कारबाही गरिएको आरोप : विकास कोइराला

    नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा विघटित चितवन जिल्ला समितिका सभापति विकास कोइरालाले कांग्रेस कमजोर बनाउने खतरनाक योजना अन्तर्गत आफूलाई कारबाही गरिएको आरोप लगाउनुभएको छ। राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेस नेतृत्व विधि र विधान भन्दा बाहिर गए कार्यकर्ताले मान्नै पर्ने बाध्यात्मक स्थिति नरहने चेतावनी दिंदै केन्द्रीय समितिको निर्णयको राजनीतिक रुपमा प्रतिवाद गर्ने चेतावनी दिनुभयो। कोइरालाले [...]

  • maoist-meeting

    एकीकृत नेकपा माओवादी र नवगठित नेकपा–माओवादीका बिच विवाद

    एकीकृत नेकपा माओवादी र नवगठित नेकपा–माओवादीका बिच पार्टी कार्यालयको स्वामित्वलाई लिएर ठाउंठाउंमा विवाद देखिएको छ। काठमाडौंको भृकुटीम48डपस्थित सो पार्टीको कर्मचारी संगठनको स्वामित्वलाई लिएर एकीकृत माओवादी र माओवादीका बीच दिनभर हातहालाहालको स्थिति रह्यो। अपरान्हसम्म नवगठित माओवादीको नियन्त्रणमा रहेको सो कार्यालयलाई एकीकृत नेकपा माओवादीको कर्मचारी संगठनले नियन्त्रणमा लिएको दाबी गरेको छ। संस्थापन पक्षका कर्मचारी प्रकाश महतराका अनुसार [...]

  • indonesia

    इन्डोनेसियाको राजधानी जार्काताको पूर्वी क्षेत्रमा ७ जना यात्रु सहितको वायु सेनाको जहाज दुर्घटना

    इन्डोनेसियाको राजधानी जार्काताको पूर्वी क्षेत्रमा ७ जना यात्रु सहितको वायु सेनाको जहाज दुर्घटना भएको छ। जाकार्ताको एक हाउजिङ कम्प्लेक्समा जहाज ठोक्किएर दुर्घटना भएको बताइएको छ। दुर्घटनामा जहाजको पाटपुर्जा छेदबिच्छेद भएको छ भने कम्प्लेक्समा पनि क्षति पुगेको छ। जहाजमा सबै यात्रुको मृत्यु भएको अनुमान गरएको छ। त्यस्तै २ सय जना यात्री सहितको डुङ्गा इन्डोनेसियाको सामुन्द्रिक क्षेत्रमा [...]

  • बागमती नदीमा माछाको ठेक्का लगाउने विषयमा दुई पक्षबीच झडप

    बागमती नदीमा माछाको ठेक्का लगाउने विषयमा दुई पक्षबीच झडप

    बागमती नदीमा माछाको ठेक्का लगाउने विषयमा उत्पन्न विवादपछि दुई पक्षबीच भएको झडपमा दुईजना कर्मचारी सहित ६ जना घाइते भएका छन्। ठेक्का लगाउने विषयमा जिल्ला विकास समिति रौतहटमा कर्मचारी र ठेकेदार पक्षबीच झडप भएको हो। त्यसक्रममा सुरक्षाकर्मीले १९ जनालाई नियन्त्रणमा लिएको छ। रौतहटको हथिऔल गाउं विकास समितिस्थित वागमती नदीमा माछाको ठेक्का लगाउने विषयमा अनियमितता गरेको आरोप [...]

  • binita-baral-police-station

    चपली हाइटकी अभिनेत्री बिनिता बराल पुनः विवाद

    प्रायः चर्चा विवादमा रहिरहने चपली हाइटकी अभिनेत्री बिनिता बराल पुनः विवादमा तानिएकी छिन्। उनलाई इन्टरनेट मार्फत चलचित्रकर्मीलाई अश्लिल, यौनजन्य गालीगलौज गर्न मोडल दिक्पाल कार्कीलाई उस्काएको आरोप छ। कहिले फिल्म नखेलाए आत्महत्या गर्ने घुर्की लगाएर त कहिले नग्न तस्वीर सुट गरेकोमा बिबादमा रहदै आएकी अभिनेत्री बिनिता बराल मंगलबारदेखि फेरि बिबादमा तानिएकी छन्। बिनिता आफूले भाइ मान्दै [...]

  • janawargiya

    अधिकांश जनवर्गीय संगठनहरु नवगठित नेकपा माओवादीमा आवद्ध

    एकीकृत नेकपा माओवादीका अधिकांश जनवर्गीय संगठनहरु नवगठित नेकपा माओवादीमा आवद्ध भएको नव गठित माओवादीले दाबी गरेको छ। माओवादीका २६ वटा जनवर्गीय संगठनहरुमध्ये उन्नाइस संगठनका अध्यक्षसहित बहुमत केन्द्रीय सदस्यहरु नव गठित नेकपा माओवादीमा आबद्ध भएका हुन्। कुपण्डोलस्थित नेकपा माओवादीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन नै गरेर जनवर्गीय संगठनहरुको आबद्धताबारे जानकारी गराइएको हो। पत्रकार सम्मेलनमा नेकपा माओवादीको आदिवासि [...]

  • asia-cup

    अण्डर नाइन्टिन एशियाकप क्रिकेटमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान

    अण्डर नाइन्टिन एशियाकप क्रिकेटमा सहभागी हुन नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक सहभागी चार खेलाडी र टेस्ट मान्यताप्राप्त प्रतिस्पर्धी राष्ट्रहरु रहेकाले नेपाली टोली सुरुमै दबाबमा छ। तर, सन्तुलित टिम र पर्याप्त तयारीका कारण उपाधि जित्नेमा नेपाली टोली विश्वस्त देखिएको छ। आउदो शनिबारदेखि मलेसियामा हुने एसीसी अन्डर नाइन्टिन एशिया कप क्रिकेट [...]