जुन २० अर्थात विश्व शरणार्थी दिवस

Written by admin. Posted in कला - सँस्कृति

Published on June 20, 2012 with

आज जुन २० अर्थात विश्व शरणार्थी दिवस। “भाग्न बाध्य बनाईएको एक जना व्यक्ति पनि धेरै हो“ भन्ने नाराका साथ नेपालमा पनि मनाइदै छ। शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग यु एन एच सी आरका अनुसार पछिल्लो एक वर्षमा ८ लाख मानिस घर छोडेर दोस्रो मुलुकमा शरण लिन बाध्य भएका छन्। अफ्रिका र मध्यपूर्वको आन्दोलनका कारण विस्थापीत हुनेको संख्यामा बृद्धि भएको युन एच सी आरले जनाएको छ।

दिवसका अवसरमा उच्चायोगले देश छोडेर पलायन हुन बाध्य बनाईएका मानिसको बाँच्न पाउने अधिकार रक्षा र आधारभूत आवश्यकता पूर्तिका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिएको छ। राष्ट्रसंघीय शरणार्थी उच्चायोगका अनुसार नेपालमा अहिले ४८ हजारको हाराहारीमा भुटानी शरणार्थी रहेका छन् भने १५ हजारको हाराहारीमा तिब्बती शरणार्थी र सोमालिया लगायतका देशबाट आएका २ सय भन्दा बढी शरणार्थीहरु रहेको अनुमान छ।

अमर कार्की 

facebook comments:

Leave a Comment