इङल्याण्ड समूह विजेता बन्दै र फ्रान्स उपविजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश

Written by admin. Posted in खेलकूद, विशेष

Published on June 20, 2012 with

जारी युरो कपको समूह डिबाट इङल्याण्ड समूह विजेता बन्दै र फ्रान्स उपविजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएका छन्। गएरातीको खेलमा इङ्ल्याण्डले युक्रनेलाई एक सून्यले पाखा लगाएपछि समूहमा सात अंक बनाएर विजेताका रुपमा क्वार्टरफाइनलको यात्रा तय गरेको हो। अर्को खेलमा भने फ्रान्स् स्वीडेनसंग दुई सून्य गोल अन्तरले पराजित भएपनि तालिकामा चार अंक बनाएका कारण क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो।

युक्रेनमाथि जित हात पार्ने क्रममा इङ्ल्याण्डका वाइने रोनीले निर्णायक गोल गरेका थिए। वाइने रोनीले हेडमार्फत खेलको ४८ औं मिनेटमा गोल गरेका थिए। त्यसपछिको समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि रुनीको गोलनै निर्णायक गोल बन्यो। युक्रेनले खेलको ६२ औं मिनेटमा गरेको गोलले लाइन क्रसगरेपनि गोल नदिएपछि बराबरी गर्ने मौका बाट चुकेको थियो। अब ो इङ्ल्याण्डले सेमिफाइनल प्रवेशका लागि इटालीसंग प्रतिस्पर्धा गर्ने छ।

उता अर्को खेलमा स्वीडेनले फ्रान्स्लाई दुई सून्य गोल अन्तरले पाखा लगाएको हो। तथापी स्वीडेनले अन्तिम आठको स्थान तय गर्न नसक्दा पराजित फ्रान्स् भने समूहमा चार अंक सहित उपविजेताका रुपमा क्वार्टरफाइनलमा प्रवेश गर्यो। स्वीडेनका लागी अघिल्ला दुई खेलमा पराजय ब्यहोरेका कारण अन्तिम खेलको जित प्रतिष्ठानको जित मात्र बन्यो। स्विडेनको जितमा जलातन इब्राहिमोभिकले खेलको ५४ औं मिनेटमा र सेवास्टियन लार्सनले खेलको अन्तिम इन्जुरी सयममा गोल गरेका थिए। दुई सून्यले हार ब्यहोरेको फ्रान्स्ले अब क्वार्टरफाइनलमास्पेनको सामना गर्ने भएको छ।

facebook comments:

Leave a Comment