मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अजय शाहीले पार्टी परित्याग गर्नुभएको छ। फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गछच्दारले सिद्धान्त तथा कार्यदिशाविपरीत पार्टी संचालन गर्न खोजेको आरोप लगाउंदै पार्टी त्याग गरेको उंहाले बताउनुभयो। उंहाले चांडै गठन हुने शरतसिंह भ48डारीको पार्टीमा आबद्ध भएर मधेश आन्दोलनका मागहरुलाई पूर्णतामा पुर्याउने बताउनुभयो। यसअघि पनि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका करिव एक दर्जन [...]
अफगानिस्तानको पूर्वी प्रान्तको खोस्त सहरमा भएको विष्फोटमा दुई सुरक्षाकर्मीसहित १७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पन्ध्रजना सर्वसाधारण नागरिक छन्। मोटरसाइकलमा गएका एक व्यक्तिले गरेको आत्मघाती हमलामा कम्तीमा ३५ जना घाइते भएको अधिकारीहरुले बताएका छन्। पाकिस्तानको सीमा नजिकै भएको सो विष्फोट सैनिक समुहलाई लक्षित गरी गराइएको बताइएको छ। विष्फोटको समयमा नेटो सेना र अफगानी सेनाले [...]
दुई देशबीचको परस्पर आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले ललितपुर उद्योग वाणिज्य संघ र पाकिस्तानको रावलपिण्डी उद्योग वाणिज्य संघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। ललितपूर उद्योग वाणिज्य संघको कार्यालय मंगलबजारमा एक कार्यक्रमका बीच उक्त समझदारी भएको हो। ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष अजरमान जोशीले नेपाल र पाकिस्तानबीचको आर्थिक सामाजिक तथा सांस्कृतिक सम्बन्ध पुरानो भएको र समझदारीले [...]
राष्ट्रिय उपभोक्ता मञ्च नुवाकोट शाखाको पहलमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले आज नुवाकोटको बट्टार, त्रिशुली, ढुङ्गे, देवीघाट लगायतका बजारको अनुगमन गरेको छ। अनुगमनमा त्यस क्षेत्रका होटल तथा पसलमा भारी मात्रामा अखाद्य वस्तुहरु भेटिएको छ। उपभोक्ताले प्रयोग गर्ने दैनिक उपभोग्य सामानमा मिति सकिएको, उत्पादन मिति नभएको तथा कम्पनीको निर्धारित न्युनतम दररेटमा माथीबाट अर्को दररेट भएको स्टीकर [...]
काठमाण्डौ आफैमा ब्यस्त सहर, त्यस्मा पनि साँघुरो र अव्यस्थित सडकले अस्तव्यस्त हुने जनजीवनमा अझ बोझ थपिदिएको छ। काठमाण्डौ पुरानो बानेश्वर–मैतीदेवी सडकखण्डले। जेठ असारको चर्को घाम होस वा ठूलो झरी,जुनसुकै मौसममापनि यो सडकमा यात्रा गर्दा धेरैलाई असहज र अफ्ठयारो हुने गर्दछ। सडक बिस्तारले अन्य सडकहरुलाई फराकिलो पारेपनि पुरानो बानेश्वरदेखि मैतीदेबीसम्मको यो सडकखण्डमा सम्बन्धित निकायको ध्यान जान [...]
मोहन वैद्यको नेतृत्वमा नयां पार्टी गठन भएपछि एकीकृत नेकपा माओवादीले पार्टी विभाजनको बारेमा पहिलो पटक औपचारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा स्थायी समितिको बैठक बसी एकीकृत माओवादीले वैद्य पक्ष अराजकतावादी विचलनको शिकार भएको टिप्पणी गरेको छ। विभाजनपछि पहिलो पटक बसेको एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठकले मोहन [...]
राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव शरदचन्द्र शाहको सिंगापुर अस्पतालमा उपचारका क्रममा आज दिउसो निधन भएको छ। लामो समयदेखि अस्वस्थ शाहको सिंगापुर जनरल अस्पतालको सघन कक्षमा उपचार गरिएको थियो। उंहा कलेजो, मृगौला लगायतका रोगबाट पीडित हुनुहुन्थ्यो। पूर्व सदस्य सचिव शाह राजदरबार निकट मानिनुहुन्थ्यो। शाही शासनकालको बेला शाह उच्चस्तरीय सूचना प्रविधि आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो।
अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध सिमितले पिटर विलियम बोडेलाई नेपालका लागि राजदूतमा अनुमोदन गरेको छ। पिटरले यसअघिका राजदूत स्कट एच डेलिसीलाई प्रतिस्थापन गर्नेछन्। बन्द लगायतका राजनीतिक गतिविधिहरुमा फेसबुकमा प्रतिक्रिया लेखेर चर्चामा रहेका डेलिसिलाई एक महिनाअघि फिर्ता बोलाएर युगा48डका लागि राजदूत बनाइएको छ। बोडेसंग यसअघि काठमाडौंस्थित अमेरिकी दूतावासमा काम गरेको अनुभवसमेत रहेको छ। उनलाई राष्ट्रपति बाराक ओवामाले [...]
विकिलिक्सका संस्थापक जुलियन असान्जले बेलायतस्थित इक्वेडरको दुताबास समक्ष शरण मागे लगत्तै उनलाई पक्राउ गरेको छ। इक्वेडरसंग शरण मागेका असान्जलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। वेलायतको अदालतले असान्जको मुद्दा खारेज गर्दै उनलाई स्वीडेन सुपुदर्गी गर्ने फैसला पछि उनी बेलायतस्थित इक्वेडरको दूताबासमा रहँदै आएका थिए। असान्जको निवेदनमा इक्वेडर सरकार र दुतावासले भने विचार गरिरहेको बताएको छ। असान्जले [...]
जेठ चौधको मध्यरात संविधानसभा विघटन भएपछि संवादहीन अवस्थामा रहेका सत्ताधारी र विपक्षी दलहरुबीच संवाद प्रारम्भ भएको छ। राजनीतिक गतिरोधका लागि दलहरुबीचको वार्ता र आन्दोलनलाई संगसंगै जाने नेपाली कांग्रेसको निर्णयपछि कांग्रेसकै पहलमा आज प्रमुख दलहरुबीच छलफल भएको छ। संविधानसभा बिघटनसंगै एकअर्काप्रति आरोप प्रत्यारोप र निषेधको व्यवहार प्रदर्शन गरिरहेका दलहरुलाई एकै स्थानमा जुटाई मन माझामाझ गर्ने र [...]