पाकिस्तानको पेशावर सहरमा प्रसिद्ध गायिका गजाला जावेद र उनको बुबालाई अज्ञात बन्दुकधारी समूहले गोली हानी हत्या गरेको छ। सोमबार राति दबगारी बजारस्थित व्यूटी पार्लरबाट बाहिर निस्कदै गरेकी गजाला र उनका बुबा मोहम्मद जावेदलाई मोटरसाइकलमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली हानेका थिए। सो आक्रमणमा उनकी बहिनी परहत बीबी भने सकुशल रहेकी छिन्। आक्रमणकारीहरु भने उनको हत्या गरी भाग्न सफल भएका छन्। आक्रमणकारीहरुको खोजीकार्य भैरहेको सुरक्षा अधिकारीले जनाएका छन्। गजालाले पाकिस्तानको सरकारी टेलिभिजन पीटीभीमा आफ्नो प्रस्तुति राखेपछि उनी पख्तुनख्वां क्षेत्र र मध्यपूर्वका पश्तो भाषीमाझ लोकप्रिय थिइन्।
अमर कार्की










There are currently no comments on पाकिस्तानको प्रसिद्ध गायिका गजाला जावेद र उनको बुबालाई गोली हानी हत्या. Perhaps you would like to add one of your own?