Articles Posted on June 19th, 2012

  • maoist

    विभाजनपछिको अवस्थामा आइपर्ने हरेक परिस्थितिको सामाना गर्न पार्टी तयार

    एकीकृत नेकपा माओवादीले पार्टी विभाजन गर्नुको सैद्धान्तिक र राजनीतिक आधार पुष्टि गर्न नवगठित नेकपा माओवादीलाई चुनौती दिएको छ। पार्टीका केही नेताहरुले विभाजनपछिको अवस्थामा आइपर्ने हरेक परिस्थितिको सामाना गर्न पार्टी तयार रहेको बताएपनि नेतृत्वले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन। एकीकृत नेकपा माओवादी विभाजन भइसकेपछि मंगलबार पार्टी केन्द्रीय कार्यालयमा भेटिएका नेताहरुले पार्टी विभाजनको औचित्य पुष्टि गर्न [...]

  • Pakistani-Ghazala

    पाकिस्तानको प्रसिद्ध गायिका गजाला जावेद र उनको बुबालाई गोली हानी हत्या

    पाकिस्तानको पेशावर सहरमा प्रसिद्ध गायिका गजाला जावेद र उनको बुबालाई अज्ञात बन्दुकधारी समूहले गोली हानी हत्या गरेको छ। सोमबार राति दबगारी बजारस्थित व्यूटी पार्लरबाट बाहिर निस्कदै गरेकी गजाला र उनका बुबा मोहम्मद जावेदलाई मोटरसाइकलमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली हानेका थिए। सो आक्रमणमा उनकी बहिनी परहत बीबी भने सकुशल रहेकी छिन्। आक्रमणकारीहरु भने उनको हत्या गरी [...]

  • HTV-website-picture

    प्रहरी अधिकृतहरुको सरुवा बदर गर्न निर्वाचन आयोगको निर्देशन

    निर्वाचन आयोगले सरकारले गरेको वरिष्ठ प्रहरी अधिकृतहरुको सरुवा बदर गर्न सरकारलाई निर्देशन दिएको छ। सरकारले निर्वाचन आचारसंहिता विपरित प्रहरी अधिकृतहरुको सरुवा गरेको भन्दै बदर गर्न निर्देशन दिएको हो। आयोगको आज बसेको बैठकले सरकारको निर्यणले आचारसंहिताको उलंघन भएको ठहर गरेको छ। आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले निर्णय कार्यान्वयन नगर्न आजै मुख्य सचिव माधव घिमिरेलाई पत्र पठाएको जानकारी [...]

  • singha-durbar1

    देश कालो सूचीमा पर्नबाट जोगाए

    सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धि दुई अध्यादेश जारी गरी देशलाई कालो सूचीमा पर्नबाट जोगाएकोमा निजी क्षेत्रले सराहना गरेको छ। राष्टपति रामवरण यादवसंग शीतलनिवासमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले भेट गरी सरकारले परस्पर कानुनी सहायता र सुपुर्दगी अध्यादेश जारी गरेर राम्रो काम गरेको बताएका हुन्। तर, सम्पत्ति शुद्धीकरण ऐन लागू गर्दा नागरिकले आफ्नो सम्पत्ति शून्य प्रतिशतको दरमा घोषणा [...]

  • petrolium-birodh

    मट्टितेल र डिजेलमा प्रति लिटर ४ रुपैयाँमा बृद्धि

    नेपाल आयल निगमले मंगलवारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको छ। निगमले मट्टितेल र डिजेलमा प्रति लिटर ४ रुपैयाँ बृद्धि गरेको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटिरहेको अवस्थामा नेपाल आयल निगमले भने घाटा कम गर्ने भन्दै मुल्य समायोजन गरेको हो। मुल्य वृद्धिपछि आयल निगमको मासिक घाटा १३ करोड रुपैयाँमा झर्नेछ। डिजेल र मट्टितेलमा मुल्यमा [...]

  • prime-story-video

    This article contains a video.

    Prime Story-June 18(Asar 04)

  • mal-aandolan

    पर्याप्त कृषि मल उपलब्ध नगराएकोमा किसानहरुद्वारा कृषि सामग्री कम्पनी लिमिटेडमा धर्ना

    पर्याप्त कृषि मल उपलब्ध नगराएको भन्दै राजधानी लगायत आसपासका जिल्लाका किसानहरुले कृषि सामग्री कम्पनी लिमिटेडमा धर्ना दिएका छन्। किसानहरुले खेती गर्ने सिजन सुरु भएपनि आफुहरुले खेतीका लागि आवश्यक पर्ने मल नपाएको भन्दै कार्यालयमा धर्ना दिएका हुन्। उनीहरुले मलको अभाव देखाएर बजारमा कालोबजारी भइरहेको भन्दै त्यसलाई रोक्नसमेत माग गरेका छन्। तर, कृषि सामग्री कम्पनी लिमिटेडले भने [...]

  • patrakar-sammelan

    जनक्रान्ति नै आफ्नो अभिष्ट भएको स्पष्ट : नवगठित नेकपा, माओवादी

    नवगठित नेकपा, माओवादीले विद्रोहमार्फत जनक्रान्ति नै आफ्नो अभिष्ट भएको स्पष्ट पारेको छ। पार्टी फुटाउनुको औचित्य र कार्यदिशाबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मोहन वैद्यले एकीकृत नेकपा माओवादी अवसरवाद, आत्मसमर्पणवाद र नवसंसोधनवादमा फसेको तथा काग्रेस एमाले लगायतका दलहरुले आत्मैदेखि परिवर्तन नचाहेकाले जनक्रान्ति नै परिवर्तनको विकल्प भएको बताउनुभयो। उहाँले तत्काल बिद्रोह सम्भव नभएपनि लामो तयारीपछि क्रान्ति [...]

  • daka-pakrau

    डकैती गरेको आरोपमा तीनजना डाका पक्राउ

    डकैती गरेको आरोपमा प्रहरीले सिन्धुलीमा तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज पत्रकार सम्मेलन गरी विभिन्न ठाउंमा डकैतीका घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका सिन्धुलीका ज्ञानबहादुर घलान, सर्लाही लालबन्दीका सन्तोष महतो र मीनबहादुर मोक्तानलाई सार्वजनिक गरेको हो। उनीहरु जेठ ३१ गते सिन्धुलीको कमलामाईका कर्णबहादुर गोलेको घरमा चोरी गरी फरार भएको प्रहरीले जनाएको छ। [...]

  • bijaya-kumar-gachhadar

    वर्तमान सरकारले नै संविधानसभाको निर्वाचन गराउने दाबी : विजयकुमार गच्छदार

    उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकारले नै संविधानसभाको निर्वाचन गराउने दाबी गर्नुभएको छ। झापाको चन्द्रगढी विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै गृहमन्त्री गच्छदारले आगामी मंसिरमा संविधानसभाको निर्वाचन हुने र त्यो निर्वाचन वर्तमान सरकारले नै गराउने बताउनुभएको हो। उंहाले निर्वाचनको विकल्प नभएकाले विपक्षी दलहरु पनि निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभयो। उहाले सहमतिको विकल्प नभएकाले विपक्षी दलहरुले अन्तरिम संविधानको [...]