कलेजोको कडापन जाच्न सकिने फाइब्रो स्क्यान नामक सो उपकरण नेमालमै पहिलो पटक ल्याइए छ

Written by admin. Posted in प्रविधि, विशेष

Published on June 17, 2012 with

कलेजोको कडापन जाच्न सकिने उपकरण नेपालमा पहिलो पटक भित्रयाइएको छ। राजधानीमा आज आयोजित एक कार्यक्रमका फाइब्रो स्क्यान नामक सो उपकरण नेमालमै पहिलो पटक ल्याइएको जानकारी दिइएको हो। उत्क उपकरणको सहायताले कलेजोको कडापन नाप्न सकिनेछ। सो उपकरण अर्न्तराष्ट्रिय जगतमा तीन चार वर्ष अघि नै प्रयोगमा आइसकेको भएता पनि नेपालमा भने प्रथम पटक ल्याइएको हो।

यसको मद्धतले कलेजोको कडापन जाच्न सकिने डाक्टर दिलिप शर्माले जानकारी दिनुभयो। सो उपकरणको मद्धतले हेपाटाइटिस बि र सी उपचार गर्न सजिलो हुने उहाको भनाई थियो। उपकरणवाट कलेजोको अवस्था जाच गरेवापत सात हजार पाच सय रुपैया लाग्ने सेन्टर फर लिभर डिजिज प्रा लि नया बानेश्वरले जनाएको छ। नेपालमा पहिलो पटक भित्रिएको सो उपकरणको मुल्य डेढ करोड पर्ने जानकारी दिइएको छ।

सन्ध्या 

facebook comments:

Leave a Comment