राजनीतिक अस्थिरताकाबीच इजिप्टमा रष्ट्रपतीय निर्वाचन अन्तरगत दोस्रो चरणको मतदान भइरहेको छ। हिजोबाट सुरु भएको मतदान आज पनि जारी छ। इजिप्टमा सत्तारुढ सैन्य परिषद्को रोहवरमा भैरहेको निर्वाचनमा सैन्य परिषद् आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गैरहेको सबैभन्दा ठूलो पार्टी मुस्लिम ब्रदरहुडले आरोप लगाएको छ। ब्रदरहुडले संसद् भंग गर्ने सैन्य परिषद्को कामको समेत विरोध गरेको छ। ब्रदरहुडले संसद भंग गर्ने अधिकार सैन्य परिषद्संग नभएको दाबी गरेको छ। असम्वैधानिक रुपमा निर्वाचन भएको भन्दै उच्च न्यायालयले संसद भंग गर्न आदेश दिएपछि सैनिक परिषद्ले संसद भंग भएको घोषणा गरेको थियो।
अमर कार्की










There are currently no comments on इजिप्टमा रष्ट्रपतीय निर्वाचन अन्तरगत दोस्रो चरणको मतदान. Perhaps you would like to add one of your own?