Articles Posted on June 15th, 2012

  • Govinda-mainali

    निर्दोष सावित भएपछि पन्ध्र वर्ष लामो जेलजीवनबाट मुक्त भएका इलामका गोविन्द मैनाली काठमाडौं आउने

    निर्दोष सावित भएपछि पन्ध्र वर्ष लामो जेलजीवनबाट मुक्त भएका इलामका गोविन्द मैनाली भोलि मध्यान्ह काठमाडौं आइपुग्ने भएका छन्। एक जापानी महिलाको बलात्कार गरी हत्या गरेको अभियोगमा जेल परेका मैनाली टोकियो उच्च अदालतको आदेशमा गत साता रिहा भएका हुन्। गोविन्द मैनालीको स्वदेश फिर्तीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, मैनाली भोलि मध्यान्ह बाह्र [...]

  • HTV-website-picture

    राज्यलाई विकल्पहीन अवस्थामा पुर्‍याउन खोज्ने शक्तिका कारण संविधानसभा भंग : शक्ति बस्नेत

    एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य शक्ति बस्नेतले राज्यलाई विकल्पहीन अवस्थामा पुर्‍याउन खोज्ने शक्तिका कारण संविधान निर्माण नभई संविधानसभा भंग भएको बताउनुभएको छ। माओवादीले आज विराटगनरमा आयोजना गरेको बृहत अन्तर्क्रिया कार्यक्रममा नेता बस्नेतले माओवादीले पहिचान सहितको संघीयता र संघीयतासहितको संविधान निर्माणको पक्षमा भरमग्दुर प्रयत्न गरेको भएपनि संघीयता विरोधीहरुका कारण त्यो सम्भव नभएको बताउनुभएको हो। मुलुक विकल्पहीन [...]

  • football

    पूर्वाञ्चल क्षेत्रीय अन्तर विद्यालय फुटबल प्रतियोगिता विराटगनरमा सुरु

    पूर्वाञ्चल क्षेत्रीय अन्तर विद्यालय फुटबल प्रतियोगिता आजबाट विराटगनरमा सुरु भएको छ। विराटगनरको सहिद रंगशालामा आज भएको उद्घाटन खेलमा इडेन नेशनल बोर्डिङ स्कुलले सेन्टजोसेफ बोर्डिङ स्कुललाई एक शून्य गोलअन्तरले पराजित गरेको छ। खेलको पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए। मध्यान्तरपछिको तीन मिनेटमा इडेनका समिर भण्डारीले गरेको गोल नै निर्णायक भयो। आजै सम्पन्न दोस्रो खेलमा [...]

  • india-rastrapati

    वर्तमान अर्थमन्त्री प्रणव मुखर्जीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

    भारतमा कंग्रेस नेतृत्वको सत्ता गठबन्धन युपिएले वर्तमान अर्थमन्त्री प्रणव मुखर्जीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। कंग्रेस अध्यक्ष एवम् युपीए प्रमुख सोनिया गान्धिले राष्ट्रपतीय निर्वाचनका लागि गठबन्धनका तर्फबाट मुखर्जीको उम्मेदवारी घोषणा गरेकी हुन्। युपीएमा रहेको कांग्रेस तृणमुलकी नेतृ ममता बनर्जीले भने पूर्व राष्ट्रपति अब्दुल कलामलाई नै उम्मेदवार बनाउनुपर्ने माग राखेकी छिन्। उनले आफ्नो प्रस्तावमा समाजवादी पार्टीको [...]

  • deuba

    संविधानसभाको चुनाव हुने स्थिति नरहेकाले राष्ट्रिय सहमति कायम गरी संविधान निर्माण गनुपर्ने : शेरबहादुर देउवा

    नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले यथास्थितिमा संविधानसभाको चुनाव हुने स्थिति नरहेकाले राष्ट्रिय सहमति कायम गरी संविधान निर्माण गनुपर्ने वताउनुभएको छ। त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको दशौ राष्ट्रिय सम्मेलनमा सम्वोधन गर्दै देउवाले दुई वर्षे कार्यकाल रहेको संविधान सभाको आयु चार वर्षसम्म पुग्दा पनि संविधान नवनेको भन्दै संविधानका धेरै मुद्धामा सहमति भैसकेको अवस्थामा माओवादीले एकलौटी रुपमा संविधानसभा भंग [...]

  • maobadi-bhaithak

    पहिचान र संघीयता सहितको संविधान निमार्णका लागि माओवादीद्वारा देशभर आमसभा

    एकीकृत नेकपा माओवादीले संविधानसभाको विघटन हुनुको कारण तथा पहिचानसहितको संघीयता र संविधानबारे आफ्नो धारणा सार्वजनिक गर्न एकीकृत नेकपा माओवादीले आज देशभर आमसभा गरेको छ। संविधान नै नबनाई संविधानसभा विघटन भएपछि माओवादीले पहिचान सहितको संघीय संविधान निमार्णका लागि ऐक्यबद्धता जाहेर गर्न भन्दै आम सभाको आयोजना गरेको हो। काठमाडौंको खुलामन्चमा जारी आमसभामा नेताहरुले सम्बोधन गर्ने क्रम केहीबेर [...]

  • patrakar-akraman

    पत्रकारहरुमाथि भइरहेको आक्रमण रोक्न राज्य गम्भीर बन्नु पर्ने

    संक्रमणकालिन अवस्था लम्बिदै जांदा पत्रकारहरुमाथि पछिल्लो चरणमा बढिरहेको आक्रमणप्रति पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन्। राजधानीमा आज आयोजित एक अन्तर्क्रियामा पत्रकारहरुले संक्रमणकालिन राजनीतिक अवस्था देखाउंदै पत्रकारहरुमाथि भइरहेको आक्रमण रोक्न राज्य गम्भीर बन्नु पर्ने बताएका छन्। उनीहरुले संक्रमणकालिन राजनीतिसंगै समयमै पारिश्रमिक नपाउने समस्याबाट समेत पत्रकारहरु पीडित रहेको बताए। कार्यक्रममा पत्रकारमाथि पछिल्लो समयमा मुलुकभर भएको आक्रमण समेटिएको रेडियो [...]

  • HTV-website-picture

    घोपाको बाटो

    दैनिक सयौं बिरामी ओसार पसार गर्न प्रयोग गरिने बाटो आफै बिरामी भयो भने कस्तो अवस्था होला? सुनसरीको धरानमा कोसी राजमार्गदेखि पश्चिममा वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म जाने करिब तीन किलोमिटर लामो बाटो वर्षौंदेखि जीर्ण रहंदा पनि सम्बन्धित निकायले चासो दिएको छैन। बिरामीदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यक्तिहरुका सवारी साधन गुड्ने यो बाटोमा परेका खाल्डाखुल्डीले यो बाटो आफै [...]

  • argentina

    फक्ल्याण्ड टापुमा बेलायतको उपनिवेश अन्त्य हुनुपर्ने : अर्जेन्टिनाका राष्ट्रपति क्रिष्टिना फर्नान्डेज

    अर्जेन्टिनाका राष्ट्रपति क्रिष्टिना फर्नान्डेजले फक्ल्याण्ड टापुमा बेलायतको उपनिवेश अन्त्य हुनुपर्ने बताएकी छिन्। फक्ल्यान्ड युद्धको ३० वर्ष पुगेको दिनमा फर्नान्डेजले संयुक्त राष्ट्रसंघ समक्ष फक्ल्याण्ड टापुमा अर्जेन्टिनाको अधिकार भएको बताएकी छिन्। उनले फक्ल्यान्ड युद्धको इतिहास र भुगोल अर्जेन्टिनाको पक्षमा रहेकोसमेत दाबी गरिन्। उक्त टापु सन् उन्नाइस सय बयासीदेखि बेलायत सरकारको नेतृत्वमा रहेको छ। तर, फक्ल्याण्डका एक उच्च [...]

  • vaidhya

    वैद्य समूह राष्ट्रिय भेलाको तयारीमा

    एकीकृत नेकपा माओवादीको संस्थापन पक्षले आमसभा गरिरहेका बेला बेला उपाध्यक्ष मोहन वैद्य समूह भने भोलिबाट सुरु हुने आफ्नो पक्षको राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आज बिहान कुपण्डोलस्थित नेवाः राष्ट्रिय मुक्ति मोर्चाको कार्यालयमा बसेको वैद्य पक्षको पोलिटब्युरो बैठकमा भोलिबाट सुरु हुने राष्ट्रिय भेलाको व्यवस्थापन साथै भेलामा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनका विषयमा छलफल भएको नेतृ पम्फा भुषालले [...]