Articles Posted on June 14th, 2012

  • HTV-website-picture

    मोरङ जिल्लालाई सन् २०१५ सम्ममा खुल्ला दिसामुत्क क्षेत्र घोषणा

    मोरङ जिल्लालाई सन् २०१५ सम्ममा खुल्ला दिसामुत्क क्षेत्र घोषणा गर्ने कार्यलाई सकृयताका साथ अगाडि बढाइएको छ। जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जिल्ला शिक्षा कार्यालयको सहयोगमा सरसफाई अभियान सफल बनाउन घोषणापत्र जारी गरिएको छ। मोरङका सबै गाउंमा चर्पी निर्माण अभियान चलाइने भएको छ। शिक्षकमार्फत विद्यार्थी र विद्यार्थीमार्फत घरका अभिभावकलाई घरमा चर्पी निर्माण गर्न सचेत बनाउने [...]

  • mohan-vaidhya

    पार्टीको मुल कार्यदिशामा प्रतिबद्धता जाहेर हुनु पर्ने भन्दै छ बुंदे प्रस्ताव : मोहन वैद्यपक्ष

    एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्यपक्षले पार्टी एकताका लागि विगतका निर्णयहरुप्रति गम्भीर आत्मालोचनासहित पार्टीको मुल कार्यदिशामा प्रतिबद्धता जाहेर हुनु पर्ने भन्दै छ बुंदे प्रस्ताव सहितको जवाफ संस्थापन पक्षलाई बुझाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नु भएको सात बुंदे प्रस्तावको आज जवाफ दिंदै वैद्यपक्षले विगतका कमी कमजोरीका साथै आगामी दिनमा त्यस्ता कार्यहरुको पुनरावृत्ति नहुने प्रतिबद्धता [...]

  • Nepali-Congress

    नेपाली कांग्रेसद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

    नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरिसकेको छ। यस अर्थमा कांग्रेसका कार्यकर्ताहरु सरकारविरुद्धको आन्दोलनमा सहभागी हुनुपर्ने हो। तर, बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कांग्रेसविरुद्ध नै नाराबाजी भएको दृश्य देखियो। नारा लगाउनेहरु कांग्रेसकै कार्यकर्ताहरु हुन्। र उनीहरु आफ्नै पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरिरहेका छन्। तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्याका समयमा आवश्यक भूमिका निर्वाह गर्न [...]

  • आत्मनिर्भर अर्थतन्त्र निमार्णको लागि महिला उद्यमीको भुमीका महत्वपूर्ण

    आत्मनिर्भर अर्थतन्त्र निमार्णको लागि महिला उद्यमीको भुमीका महत्वपूर्ण

    आत्मनिर्भर अर्थतन्त्र निमार्णको लागि महिला उद्यमीको भुमीका महत्वपूर्ण हुने एक कार्यक्रममा बताइएको छ। आज काठमाडौमा नेपाल उद्योग परिसंघ महिला उद्यमी फोरमले गरेको एक कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन। नेपालमा महिला उद्यमीमार्फत स्थानीय श्रोत साधानको प्रचुरमात्रामा उपयोग गर्ने गरी आत्मनिर्भर बनाउन सकिने कार्यक्रममा बताईएको थियो। सरकारी पक्षबाट संयन्त्र बनाई महिला उद्यमीको क्षेत्रमा देखिएका समस्याको समाधान गनुपर्ने [...]

  • barsamanpun

    दलहरुबीच सहमति कायम गरेर पुर्ण आकारको बजेट ल्याउने तयारी : वर्षमान पुन

    अर्थमन्त्री वर्षमान पुनले राजनीतिक दलहरुबीच सहमति कायम गरेर पुर्ण आकारको बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ। आज अर्थमन्त्रालयमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसंगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो। शान्ति,संविधान र शक्ति सन्तुलन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री पुनले त्यसबाट नै आर्थिक समृद्धि हुने बताउनुभयो। राजनीतिक दलहरुको साझा आर्थिक एजेण्डा तय गर्न सरकार प्रयत्नशील रहेको [...]

  • arun

    अरुण कालिकोटीले ९४.९% अर्थात अर्थात ७५९ ल्याए प्रथम

    यस वर्षको एसएलसी परीक्षामा विराटनगरका दुई विद्यालयका दुई विद्यार्थीले सर्वाधिक नम्बर हासिल गरेको दाबी गरिएको छ। विराटनगर–१५ स्थित बालकल्याण विद्या मन्दिरका छात्र अरुण कालिकोटीले ९४ दशमलब ९ प्रतिशत अर्थात ७ सय ५९ र कोसी विद्या मन्दिरका अवेशजंग कार्कीले ९४ दशमलब ५ प्रतिशत अर्थात ७ सय ५६ अंक ल्याएका छन्। दुवै विद्यालयहरुले आफ्ना विद्यार्थीले यस वर्ष [...]

  • dharma-guru

    बौद्ध धर्मसंग सम्बन्धित अन्तर्रार्ष्टिय क्षेत्रका विभिन्नि संघ संस्थाका प्रतिनिधिहरुको नेपाल भ्रमण गर्ने क्रम बढे

    लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा बौद्ध धर्मसंग सम्बन्धित अन्तर्रार्ष्टिय क्षेत्रका विभिन्नि संघ संस्थाका प्रतिनिधिहरुले नेपाल भ्रमण गर्ने क्रम बढिरहेको छ। यसैक्रममा ताइवानको प्रतिष्ठित इ क्वान तान नामक संस्थाका संस्थापक तथा प्रमुख छेयन रन आज नेपाल भ्रमणमा आउनुभएको छ। छेयन रनलाई त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थलमा बौद्ध धर्मसंग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए। छेयन रनले नेपालमा [...]

  • HTV-website-picture

    कपिलवस्तुमा लागू औषध प्रयोगकर्ताहरुको संख्यामा वृद्धि

    कपिलवस्तुमा लागू औषध प्रयोगकर्ताहरुको संख्यामा वृद्धि भएको छ। सीमापारि सहज रुपमा पाइने लागू औषध, खुला सीमाना, अभिभावकको बेवास्ता तथा प्रहरी प्रशासनको मौनताका कारण प्रयोगकर्ताहरुको संख्यामा वृद्धि आएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। आस्था समूहले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा हाल ५ सयको हाराहारीमा लागू पदार्थ दुर्व्यसनी रहेका छन्। लागू पदार्थ क्षति न्युनीकरण कार्यक्रम विषयक संचारर्मीसंगको [...]

  • pulsur-award

    पल्सर स्पोर्टस अवार्डलाई दुई लाख ५० हजार भन्दा बढी रकमको सहयोग : डिसमिडिया

    नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्डको डिसमिडिया नेटवर्क प्रालि सह प्रँयोजक बन्ने भएको छ। डिसमिडियाले पल्सर स्पोर्टस अवार्डलाई दुई लाख ५० हजार भन्दा बढी रकमको सहयोग गरी सह प्रायोजक बन्न लागेको हो। आज आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष निरञ्जन राजवंशी र डिसहोमका कार्यकारी निर्देशक रविन्द्रमान श्रेष्ठबीच दुई लाख नगद [...]

  • parikshya-bahas

    एसएलसी परीक्षाको परीक्षाफल अघिल्ला वर्षको तुलनामा निराशाजनक

    यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल अघिल्ला वर्षको तुलनामा निराशाजनक आएपछि विभिन्न टिप्पणी सुरु भएको छ। सरोकारवालाहरुले सरकारी नीतिकै कमजोरीका कारण कम संख्यामा परीक्षार्थी उत्तीर्ण भएको बताएका छन्। आज राजधानीमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइरालाले कमजोर नतिजा विद्यार्थीको मात्र नभई समग्र शिक्षा नीति र लगानीको पनि असफलता भएको बताउनुभयो। त्यस्तै, प्याव्सनका अध्यक्ष बाबुराम पोख्रेलले [...]