सिरियामा गृहयुद्ध अवस्थामा

Written by admin. Posted in विदेश, विशेष

Published on June 13, 2012 with

सिरियामा गत १४ महिनादेखि जारी रहेको द्वन्द्व बढ्दै जादां गृह युद्धको अवस्थामा पुगेको संयुक्त राष्ट्रसंघका शान्ती दलका प्रमुखले बताएका छन्। सिरियाको हफा शहरमा संयुक्त राष्ट्रसंघका पर्यवेक्षकहरुमाथि गोली प्रहार भएपश्चात राष्ट्रसंघिय शान्ती दलका प्रमुख हर्व लेडसोसको यस्तो प्रतिक्रिया आएकेा हो। हफा शहरमा द्वन्द्वको स्थिती बारे पर्यवेक्षण गर्न गएका राष्ट्रसंघिय पर्यवेक्षकहरु माथि गोलि तथा ढुगांमुढा प्रहार भएकेा उनीहरुले बताएका छन्।

शान्ती दलका प्रमुख हर्वले सिरियाको स्थिती झन् जटिल बन्दै गएको प्रति दुःख व्यक्त गरेका छन्। उनले सिरियाका धेरैजसो भुभाग सरकारको नियन्त्रण बाहिर भएका कारण गृहयुद्धको खतरा बढ्दै गएको बताए। सिरियाको सरकारलाई समर्थन गर्दै आएको रसियालाई भने अमेरिकी बिदेश मन्त्री हिलारी क्लिन्टनले हेलिकप्टर पठाएको आरोप लगाएकी छिन्। रसिया सरकारले सिरिया सरकारलाई द्वन्द्वमा आक्रमणको लागी हेलिकप्टर प्रदान गरेको हिलारीले बताएकी छिन्।

facebook comments:

Leave a Comment