राष्ट्रपति डाक्टर रामबरण यादवले देशको समसामयिक राजनीतिक परिस्थितिका बारेमा नेपालस्थित बिभिन्न राजदूतहरुसंग छलफल गर्नुभएको छ। राष्ट्रपति भवन शितल निवासमा आज भएको छलफलमा राजदूतहरुले नेपालको पछिल्लो परिस्थितिका बारेमा चासो राखेको बताइएको छ। भेटपछि राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा राष्ट्रपति र राजदूतहरुबीच नेपालको पछिल्लो राजनीतिक अबस्थाको बारेमा छलफल भएको उल्लेख छ। भेटमा युरोपेली युनियन, फिनल्याण्ड, नर्बे, जर्मनी, डेनमार्क, स्वीट्जरल्याण्ड, फ्रान्स, फिनल्याण्ड लगायतका देशका राजदूतहरुको सहभागिता रहेको थियो। पछिल्लो बिकसित राजनीतिक परिस्थितिप्रति राष्ट्रपति यादव केहि दिनदेखि छलफलमा ब्यस्त हुनुहुन्छ।










There are currently no comments on राजनीतिक परिस्थितिका बारेमा राष्ट्रपति राजदूत भेटवार्ता. Perhaps you would like to add one of your own?