पृथ्वीलाई जोगाऔ भन्ने नाराका साथ काठमाडौ बाहिरका मूख्य पाँचवटा सहरमा वातावरण, शिक्षा तथा दिगो विकास फिल्म फेस्टिबल हुने भएको छ। नेपाल वाताबरण पत्रकार समूहले उक्त फेस्टिबलमा करिब एक दर्जन फिल्मको सहभागिता रहने जनाएको छ। इलाम, इटहरी, चितवन, बर्दिया र सुर्खेतमा फेस्टिबल आयोजना गरिने जनाइएको छ। सो फेस्टिबलमा वातावरणिय शिक्षा, महिला अधिकार, फोहोर ब्यबस्थापन र दिगो ब्यबस्थापनका बिषयमा बनेको फिल्महरु प्रदर्शन गरिने छ।
खोला र वनमा भर परेका सुन खोज्ने सोनाहालाई वातावरण संरक्षणका लागि भन्दै राज्यले गरेको दुर्ब्यबहार र क्याम्बोडियामा पानी माथिको बस्तिलाई ब्यवस्थित गर्न गरेको प्रयासहरु चलचित्रमा समेटिएका छन। फिल्म फेस्टिभलमा नेपाल लगायत भारत, क्याम्बोडिया, लाओस, थाइल्याण्ड र फिलिपिन्सको वाताबरण, शिक्षा र दिगो बिकासका विषयबस्तु समेटिएका फिल्महरु प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
सिमा









There are currently no comments on पृथ्वीलाई जोगाऔ भन्ने नाराकासाथ काठमाडौ बाहिरका मूख्य पाँचवटा सहरमा फिल्म फेस्टिबल सुरु. Perhaps you would like to add one of your own?