एसएलसी परीक्षाको नतिजा सार्वजनिक

Written by admin. Posted in विविध, विशेष

Published on June 13, 2012 with

यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल आज सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको नतिजा अनुसार, नियमिततर्फ ४७ दशमलब एक ६ प्रतिशत एक्जाम्टेडतर्फ १३ दशमलब सात शून्य प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले जनाएको छ। १७ हजार ७ सय साठी विशिष्ठ श्रेणीमा, ७७ हजार ३ सय ८३ प्रथम श्रेणीमा, एक लाख एक हजार चार सय पच्चीस विद्यार्थी द्वितीय श्रेणीमा र ११ हजार ६ सय १९ विद्यार्थी तृतीय श्रेणीमा उत्तीर्ण भएका छन्।

यस वर्षको परीक्षामा ५१० जना विद्यार्थी निष्काशनमा परेका छन् भने ९ सय २७ को परीक्षा रद्ध भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। गत चैतमा सम्पन्न एसएलसी परीक्षामा नियमिततर्फ ४ लाख ४९ हजार ९ सय ७४ र आंशिकतर्फ ८२ हजार २ सय ८३ विद्यँर्थी सहभागी थिए। परीक्षाफल प्रकाशित भएपछि परीक्षा नियन्त्रण कार्यालय परिसरमा विद्यार्थी र अभिभावकको घुइचो लागेको छ। त्यहांको पछिल्लो अवस्थाबारे जानकारी दिन हाम्रो सम्पर्कमा हुनुहुन्छ, संवाददाता रमेश धमला।

facebook comments:

Leave a Comment