पाकिस्तानी गजल गायक मेहदी हसनको ८४ वर्षको उमेरमा निधन भएको छ। हसनको कराचीको आघा खान अपस्तालमा उपचारको क्रममा निधन भएको हो। गजल क्षेत्रमा प्रमुख योगदान पुर्याएका कारण उनलाई शहंशाहे गजल नामको उपाधि दिइएको थियो। हसन गत १२ वर्षदेखि शारीरीक रुपमा अशक्त थिए। हसनको जन्म सन् उन्नाइस सय सत्ताइसमा भारतको राजस्थानमा भएको थियो। भारत र पाकिस्तानको [...]
यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल आज सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको नतिजा अनुसार, नियमिततर्फ ४७ दशमलब एक ६ प्रतिशत एक्जाम्टेडतर्फ १३ दशमलब सात शून्य प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले जनाएको छ। १७ हजार ७ सय साठी विशिष्ठ श्रेणीमा, ७७ हजार ३ सय ८३ प्रथम श्रेणीमा, एक लाख एक [...]
पृथ्वीलाई जोगाऔ भन्ने नाराका साथ काठमाडौ बाहिरका मूख्य पाँचवटा सहरमा वातावरण, शिक्षा तथा दिगो विकास फिल्म फेस्टिबल हुने भएको छ। नेपाल वाताबरण पत्रकार समूहले उक्त फेस्टिबलमा करिब एक दर्जन फिल्मको सहभागिता रहने जनाएको छ। इलाम, इटहरी, चितवन, बर्दिया र सुर्खेतमा फेस्टिबल आयोजना गरिने जनाइएको छ। सो फेस्टिबलमा वातावरणिय शिक्षा, महिला अधिकार, फोहोर ब्यबस्थापन र दिगो [...]
प्रधानमन्त्री डाक्टर वाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहाकार एवम् एकीकृत माओवादीका पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले सरकारले घोषणा गरेको निर्वाचनको मिति सार्न सकिने बताउनु भएको छ। नवलपरासीको बर्दघाटमा क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार भेटघाटमा सल्लाहकार पौडेलले राजनीतिक सहमतिमा निर्वाचनको मिति सानै सकिने बताउनुभएको हो। राजनीतिक र संवैधानिक शुन्यता गराई निर्वाचनको कल्पना गर्न नसकिने भएकाले राजनीतिक सहमतिका आधारमा [...]
राष्ट्रपति डाक्टर रामबरण यादवले देशको समसामयिक राजनीतिक परिस्थितिका बारेमा नेपालस्थित बिभिन्न राजदूतहरुसंग छलफल गर्नुभएको छ। राष्ट्रपति भवन शितल निवासमा आज भएको छलफलमा राजदूतहरुले नेपालको पछिल्लो परिस्थितिका बारेमा चासो राखेको बताइएको छ। भेटपछि राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा राष्ट्रपति र राजदूतहरुबीच नेपालको पछिल्लो राजनीतिक अबस्थाको बारेमा छलफल भएको उल्लेख छ। भेटमा युरोपेली युनियन, फिनल्याण्ड, नर्बे, जर्मनी, डेनमार्क, [...]
अर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याउने आगामी बजेट लगानी मैत्री हुने बताउनुभएको छ। आज काभ्रेको धुलिखेलस्थित करदाता सेवा कार्यालयको उद्घाटन गर्दै मन्त्री पुनले सरकारले अध्यादेशमार्फत नै बजेट ल्याउने र उक्त बजेट लगानीमैत्री हुने बताउनुभएको हो। अध्यादेश बजेटका बारेमा आफूले राष्ट्रपतिसंग छलफल गरिसकेको र अन्य दलहरुसंग पनि छलफल गर्ने उहांले जानकारी दिनुभयो। मन्त्री पुनले राजनीतिक सहमतिका आधारमा [...]
अखिल नेपाल फुटबल संघ(एन्फा)ले एनसेलको सहकार्यमा एक करोड पचहत्तर लाखको महत्वकांक्षी खेलकुद कार्यक्रम संचालन गर्ने भएको छ। कार्यक्रम संचालन गर्न एनसेलले १ करोड र एन्फाले पचहत्तर लाख रुपैयां बेहोर्ने छन्। आज राजधानीमा आयोजित प्रत्रकार सम्मेलनमा एन्फा अध्यक्ष गणेश थापाले एनसेलको सहकार्यमा आगामी भदौ २७ देखि असोज २७ सम्म एनसेल ए डिभिजन नकआउट फुटबल प्रतियोगिता, भदौ [...]
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी सन् उन्नाइस सय अठासीपछि पहिलो पटक युरोप भ्रमणमा प्रस्थान गरेकी छिन्। सुकीले युरोपको भ्रमणको क्रममा सन् उन्नाइस सय एकानब्बेमा पाएको नोबेल पुरस्कार पनि औपचारिक रुपमा ग्रहण गर्ने बताइएको छ। सुकीलाई नोबल पुरस्कार प्रदान गरिएको बेला उनी आफ्नै निबासको नजरबन्दमा थिइन्। सुकीले स्वीजरल्यान्ड, नर्वे, आएरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने [...]
नेकपा एमालेका असन्तुष्ट जनजाति तथा मधेसी नेताहरुले पेश गरेको लिखित प्रस्तावका बारेमा स्थायी समितिमा छलफल भइरहेको छ। एमाले मुख्यालय बल्खुमा जारी स्थायी समितिको बैठकमा जनजाति तथा मधेसी नेताहरुका तर्फबाट हिजो उपाध्यक्ष अशोक राईले पेश गर्नु भएको नौ बुंदे प्रस्तावका बारेमा छलफल भइरहेको नेताहरुले बताएका छन्। हिजो बसेको स्थायी समितिको बैठकमा राईले लिखित रुपमै आफ्ना प्रसताव [...]
जेठ १९ गतेदेखि शुरु भएको पेप्सीको सन् २०१२ को प्रबर्द्धन अभियानको पहिलो हप्ताको भाग्यशाली विजेताको चयन आज गोलाप्रथाबाट गरिएको छ। राजधानीमा आज पत्रकार सम्मेलन गरी आयोजक टिमले गोलाप्रथा द्धारा पहिलो हप्ताका पुरस्कार विजेताहरुको नंवर सार्वजानिक गरेको हो। उक्त पुरस्कारमा ५ जनालाई ३२ ईन्चको एल सी डी र एक जनालाई बजाज डिस्कोवर मोटर वाइक परेको छ।विजेताहरुलाई [...]