भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी काठमाडौं आउने

Written by admin. Posted in खेलकूद, विशेष

Published on June 12, 2012 with

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी आगामी शनिबार काठमाडौं आउने भएका छन्। धोनी भारतीय दुताबास र नेपाल क्रिकेट संघ क्यानको निमन्त्रणमा नेपाल आउन लागेको मगंलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। धोनी शनिबार बिहान साढे ९ बजे एयर इन्डियाको विमानबाट काठमाडौं आइपुग्ने छन्। उनको भ्रमण तालिका अनुसार उनले विमानस्थलमा केही समय संचारकर्मीहरुसंग अन्तर्क्रिया गर्नेछन्।

त्यसपछि उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा रहेका अन्डर नाइन्टिनको टिम र सिनियर खेलाडीहरुसंग करिब दुई घ48टा बिताउनेछन्। त्यसैगरी सांझ धोनीले नेपालमा क्रिकेटको बिकास कसरी गर्न सकिन्छ भन्ने बिषयमा याक एण्ड यति होटलमा क्यानका पदाधिकारी, संचारकर्मी र अन्य ब्यक्तिहरुसंग छलफल गर्नेछन्। धोनीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै कडा सुरक्षा अपनाइएको क्यानले जनाएको छ।

धोनीको नेपाल आगमनले एसियाली मुलुक, सबै भन्दा क्रिकेटको धनी बोर्ड भारतीय क्रिकेट बोर्ड र बिषेश गरी टेस्ट खेल्ने देशहरुमा नेपालको क्रिकेटको बिस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसअघि भारतलाई पहिलो विश्वकपको उपाधि दिलाउने कप्तान कपिल देव र सुनिल गवास्कर नेपाल आएका थिए। यसैबीच, धोनीलाई हेर्न चाहने प्रशंसकहरुलाई कीर्तिपुर मैदानमा व्यवस्था गरिएको क्यानले जानकारी दिएको छ। प्रशंसकहरुले धोनीलाई दर्शक बस्ने प्याराफिटमा बसेर हेर्न पाउनेछन्। तर, अन्तर्क्रिया भने गर्न पाउने छैनन्।

facebook comments:

Leave a Comment