नेपालमा विज्ञापनको बजार सवा ४ अर्बको भए तापनि यो प्रयाप्त नभएको सरोकारावालाहरुले बताएका छन्। आज नेपाल विज्ञापन संघ (आन) को १४ औं साधारण सभाका बक्ताहरुले त्यस्तो बताएका हुन्। कार्यक्रममा बिज्ञापन बजार खस्किएको पनि सरोकारवालाहरुले बताएका छन्। कार्यक्रमका आनका अध्यक्ष राजकुमार भट्टराईले नेपालमा विज्ञापनको बजार ४ अर्बको भए तापनि यो बजार व्यवस्थित हुन नसकेको र विस्तार गर्न नसकिएको बताउनुभयो।
त्यसैगरि आनका निवर्तमान अध्यक्ष निर्मलराज पौडेलले विज्ञापनको क्षेत्रमा ठोस नीति अवलम्बन गरेर अघि बढेमा मात्र यो क्षेत्रको अधिकतम विस्तार हुन सक्ने बताउनुभयो। त्यसैगरि नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले विज्ञापन क्षेत्रमा जिम्मेवारी पनि भएकाले यो क्षेत्रको गम्भिरतालाई सबैले बुझ्नुपर्ने बताउनु भयो। राज्यका अन्य क्षेत्रमा समस्या देखिएको बेला विज्ञापन क्षेत्र पनि प्रभावित भएको पाण्डेले बताउनुभयो। राजनीतिक अनिश्चितता संगै उद्योगी व्यवसायीमा छाएको नैराश्यका कारण बिज्ञापन बजार प्रभाबित भएको बताइएको छ।
शम्भु










There are currently no comments on नेपाल विज्ञापन संघ (आन) को १४ औं साधारण सभा. Perhaps you would like to add one of your own?