नेपालमा विज्ञापनको बजार सवा ४ अर्बको भए तापनि यो प्रयाप्त नभएको सरोकारावालाहरुले बताएका छन्। आज नेपाल विज्ञापन संघ (आन) को १४ औं साधारण सभाका बक्ताहरुले त्यस्तो बताएका हुन्। कार्यक्रममा बिज्ञापन बजार खस्किएको पनि सरोकारवालाहरुले बताएका छन्। कार्यक्रमका आनका अध्यक्ष राजकुमार भट्टराईले नेपालमा विज्ञापनको बजार ४ अर्बको भए तापनि यो बजार व्यवस्थित हुन नसकेको र विस्तार [...]
भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी आगामी शनिबार काठमाडौं आउने भएका छन्। धोनी भारतीय दुताबास र नेपाल क्रिकेट संघ क्यानको निमन्त्रणमा नेपाल आउन लागेको मगंलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। धोनी शनिबार बिहान साढे ९ बजे एयर इन्डियाको विमानबाट काठमाडौं आइपुग्ने छन्। उनको भ्रमण तालिका अनुसार उनले विमानस्थलमा केही समय संचारकर्मीहरुसंग अन्तर्क्रिया गर्नेछन्। [...]
सरकारविरुद्ध राजधानीमा प्रदर्शन गरिरहेका दलहरुले जिल्ला स्तरमा पनि सरकारविरुद्धको प्रदर्शन सुरु गरेका छन्। मोरङ जिल्लाका मुख्य सात राजनीतिक दलहरुले आज संयुक्त पत्रकार सम्मेलन गरी प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। कार्यक्रममा एमाले मोरङका सचिव महेश रेग्मीले जिम्मेवार राजनीतिक दललाई उपेक्षाका साथ राष्ट्रिय राजनीतिबाट किनारा लगाउन प्रयास स्वरुप अवैधानिक कदम चालेका कारण [...]
सरकारले आर्थिक बर्ष सुरुहुन लाग्दा अध्यादेश मार्फत बजेट ल्याउन लागेको भन्दै बिपक्षी दलहरुले आपत्ति जनाएका छन्। राजधानीमा आज आयोजित साक्षात्कारमा नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले संविधान सभाको बिघटन भैसकेको अबस्थामा यो सरकार स्वत कामचलाउ भएकाले अध्यादेश मार्फत बजेट निकासा गर्ने कुनै नैतिक आधार नभएको आरोप लगाउनु भएको छ। सोही कार्यक्रममा नेकपा [...]
परराष्ट्र मन्त्रालयले हत्या आरोपमा पन्ध्र वर्ष जपानी जेलमा रही विहीबार अदालतद्धारा निर्दोष सावीत गरि रिहा भएका गोविन्द मैनालीलाई तत्काल स्वदेश फर्काउन आन्तरिक तयारी थालेको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सचिव दुर्गाप्रसाद भट्टराईलगायतका परराष्ट्रसम्बद्ध उच्च अधिकारीहरुको मन्त्रालयमा बसेको अनौपचारिक बैठकले मैनालीको दीर्घकालिन भविश्य सुनिश्चित हुने गरी स्वदेश फर्काउन पहल गर्ने निर्णय गरेको हो। बैठकले द्धिपक्षीय [...]
सार्वजनिक स्थानमा जनसरोकारका बिषयमा समाचार संकलन गर्न पाउने हक कुल्चदै काठमाण्डौंका प्रमखु जिल्ला अधिकारी चुडामडी शर्माले हिमालय टेलिभिजनका संचारकर्मीलाई केहि घण्टा नियन्त्रणमा लिएका छन्। समाचार संकलनका क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका हिमालय टेलिभिजनका संवाददाता रमेश धमला र क्यामरापर्सन राजेश रजकलाई अनुमति नलिईकन दृष्य छायाकंन गरेको भन्दै प्रमुख जिल्ला अधिकारी शर्माले जिल्ला प्रशासन कार्यालय परिसरमा [...]
सिन्धुपाल्चोकको गोल्चेमा अज्ञात रोगका कारण एकजनाको मृत्यु भएको छ। गोल्चे १ का ५१ वर्षीय भीमबहादुर दोङको अज्ञात रोगबाट मृत्यु भएको स्थानीय सातकन्या प्राथमिक विद्यालयका प्रधानाध्यपक सुप्पा लामाले जानकारी दिनुभयो। अज्ञात रोगका कारण अरु ७ जना विरामी परेका छन् भने २८ वर्षीया हिरामाया दोङ, २४ वर्र्र्र्षीया फुलकुमारी दोङ, ५५ वर्षीय हिराबहादुर दोङ सिकिस्त छन्। सुरुमा एक [...]
देशमा नविकरणीय उर्जाको प्रवर्द्धन र विस्तारका लागि सरकार र निजी क्षेत्र एकसाथ अगाडी बढ्ने भएका छन्। आज काठमाडौमा नेपाल उद्योग परिसंघ र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच नविकरणीय उर्जाको विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो। यससंगै उपभोक्ताले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको प्राविधिक तथा आर्थिक सहयोगमा जिनी क्षेत्रमार्फत उर्जाको प्रयोग गर्न सक्नेछन्। समझदारीमा हस्ताक्षरपछि केन्द्रका कार्यकारी निर्देशक [...]
कांग्रेस नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीको भष्ट्राचारसम्बन्धी मुद्दामा विशेष अदालतले अन्तिम सुनुवाइ सोमबारबाट सुरु गरेको छ। सोमबार र मंगलबार सरकारी वकिलहरुले जोशीका विपक्षमा बहस गरेका छन्। बुधबारबाट जोशीका पक्षमा उंहाका बकिलहरुले बहस सुरु गर्ने बताइएको छ। सर्वोच्च अदालतले जोशीको भ्रष्ट्राचार मुद्दामा पुनः सुनुवाई गर्ने आदेश दिएपछि विशेष अदालतले पुनः सुनुवाइ सुरु गरेको हो। कांग्रेस नेता [...]
दाङमा अनुमति बिना नै संञ्चालन भएका निजी विद्यालयहरुमाथि कारबाही सुरु भएको छ। जिल्ला शिक्षा कार्यालयले कारबाहीका लागि अनुगमनलाई तीव्रता दिएको छ। जिल्ला शिक्षा कार्यालय दाङले सोमबार जिल्लामा अनुमति विना सञ्चालन भएका ४ वटा निजी विद्यालयलाई बन्द गर्न निर्देशन दिएको छ। अनुगमनका क्रममा विद्यालय सञ्चालनका लागि आवश्यक अनुमति, विद्यालयको भौतिक संरचना तथा पूर्वाधार लगायतका विषयमा कमजोरी [...]