रसियाका बिदेश मन्त्री सर्गेइ लावरोवले संयुक्त राष्ट्रसंघिय सुरक्षा परिषद्मा सिरियामा सैन्य हस्तक्षेपको लागी रसियाले सहमति व्यक्त नगर्ने बताएका छन्। सिरियामा सरकार र बिपक्षी बीचको द्वन्द्व निकै दयनीय अवस्थामा पुगेको भए पनि संयुक्त राष्ट्रसंघ र अरब लिगका बिशेष दुत कोफी अन्नानको शान्ती योजना अनुरुप नै शान्ती स्थापना हुने लावरोवले बताए। लावरोवले सिरियामा अन्तराष्ट्रिय सेनाको प्रयोग झन् खतरनाक स्थिती र्सिजना हुने बताएका छन्।
सिरियामा सरकार बिपक्षीहरुको समुह सिरियन नेस्नल काउन्सिलले भने नयां पार्टी प्रमुखको घोषणा गरेको छ। बिपक्षीका नयां प्रमुखले सिरियाका सबै सरकार बिपक्षीहरुलाई एक बनाएर नयां अबधारणा अनुरुप अगाडि बढ्ने बताएका छन्। सिरियाको होम्स र डेरामा हिजो पनि सेनाले गरेको आक्रमणमा ५२ जना नागरिकको मृत्यु भएको बताइएको छ। सिरियामा गत १५ महिना देखि भएको सरकार बिरोधी प्रर्दशनमा १० हजार को मृत्यु भैसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ।










There are currently no comments on सिरिया. Perhaps you would like to add one of your own?