गत फागुन महिनादेखि बन्द अवस्थामा रहेको निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले पुनः उडान सेवा सञ्चालन गर्ने भएको छ। आज राजधानीमा पत्रकार सम्मेलन गरि एयरलाइन्सका अध्यक्ष राजेन्द्रमान शाक्यले विमानको इन्जिन तथा विमानका स्पेयर पार्टस्हरु विदेशबाट मगाइ मर्मत सम्भार गरेपछि पुनः उडान सञ्चालन गर्न लागिएको जानकारी गराउनु भयो। उहांले आगामी दिनमा दुई वटा बीचक्राफ्ट १९०० ‘सी’ मार्फत उडान सेवा गर्ने बताउनु भयो।
एयरलाइन्ससंग रहेको १९०० ‘डि’ मोडालको अर्को एउटा विमान भने सञ्चालनमा छैन। यस विमानलाई विक्री गरि अर्को ठूलो विमान ल्याउने तयारी एयरलाइन्सले गरिरहेको बताइएको छ। मुलकभरका सात गन्तव्यमा उडान भर्दै आएको गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको हो।
शिव









There are currently no comments on बन्द अवस्थामा रहेको गुण एयरलाइन्स पुनः उडान सेवा सञ्चालन. Perhaps you would like to add one of your own?