दृष्टिविहीन बालबालिकाहरुका लागि मदनपोखराको दमकडा उच्च माविले ब्रेल लिपीको सहाराले प्राथमिक तहदेखी उच्च शिक्षासम्मको अध्ययन गर्ने अवसर जुटाएको छ। दुई जना दृष्टीविहीन बालबालिकाबाट २०५२ सालदेखी शुरु भएको एकीकृत शिक्षा प्रणाली अन्तर्गतको विद्यालयमा यतीखेर लुम्बिनी अञ्चलका पाल्पा, गुल्मी, अर्घाखांची, रुपन्देही, कपिलवस्तु, नवलपरासी र स्याङ्जा जिल्लाका २७ बालबालिकाहरुले आवासिय सुविधा सहित अध्ययन गरिरहेका छन्।
दृष्टि बालबालिकाको पढाईका लागि मदनपोखरा उच्च माविमा नेदरल्याण्डको ईफन्ट नामक सस्ंथाले सहयोग गरेको छ। इफन्टको सहयोगमा भौतिक पुर्बाधारको निर्माण र नेपाल अन्धा कल्याण संघको सहयोगमा पाठय पुस्तक सहयोग भएपछि बालबालिकाको पठनपाठनमा सहयोग भएको हो। बिद्यालयबाट ३० जना दृष्टी बिहीन बालबालिकाले प्रबेशिका परीक्षा उत्तिर्ण गरिसकेका छन्। बिद्यालयलाई सरकारी तहबाट सहयोग नहुँदा संचालनमा समस्या भएको छ।
दाताले सहयोग गर्न छाडेपछी स्थानीय वासिन्दाको सहयोगबाट काम गर्नुपर्दा अप्ठ्यारो भएको बिद्यालयका विषयगत शिक्षक रामप्रसाद भट्टराईले बताए। बिद्यार्थीलाई पाठ्य पुस्तकको समस्या भएको स्वीकार्दै यसमा सरोकारवाला सरकारी निकायबाटै उचित पहल हुनुपर्ने बिद्यालयका प्राचार्य श्रीधर घिमिरको गुनासो रहेको छ। अर्थसास्त्र र शिक्षा बिषयका पुस्तक नहुदां समस्या भएकाले ती बिषयका ब्रेल लिपी विकास गर्नुपर्ने बिद्यार्थीको भनाई छ। स्थानीवासीको सहयोगबाट उठाइएको रकमबाट संचालित बिद्यालयलाई सरकारले पनि सहयोग गर्न जरुरी छ।
सन्तोष बस्याल, पाल्पा








There are currently no comments on दृष्टिविहीन बालबालिकाहरुका लागि प्राथमिक तहदेखी उच्च शिक्षासम्मको अध्ययन गर्ने अवसर. Perhaps you would like to add one of your own?