एकीकृत नेकपा माओवादी संविधानसभाको विघटन गरी असम्वैधानिक रुपमा नयां निर्वाचनको घोषणा गरेर सर्वसत्तावाद लागू गर्न खोजेको भन्दै विपक्षी दलहरुले गठबन्धनले आज काठमाडौंको खुलामन्चमा विरोधसभाको आयोजना गरे। दलहरुले विरोध सभाअघि विभिन्न स्थानबाट विभिन्न राजनीतिक दलहरुले नेतृत्व गर्दै विरोध र्याली निकालेका थिए। पहिलो जनप्रदर्शन भनेका दलहरुले र्यालीबाटै पनि आफ्नो शक्ति प्रदर्शन गर्ने प्रयास गरे। संविधानसभाको अवधि समाप्त [...]
हिन्दु राष्ट्र र संबैधानीक राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज राजधानीमा मोटरसाईकल र्यालीको आयोजना गरेको छ। शनिबार काठमाण्डौमा आमसभा गर्ने तयारी गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आमसभाको अघिल्लो दिन प्रचारात्मक मोटरसाईकल र्यालीको आयोजना गरेको बताएको छ। अध्यक्ष कमल थापाले मोटरसाईकल कुदाएर र्यालीको उद्घाटन गर्नुभएको थियो। तिनकुनेबाट सुरु भएको र्याली उपत्यकाका बिभिन्न [...]
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रिय लोकतान्त्रिक अभियानका नाममा नेपाली कांग्रेस र नेकपा एमालेले शुरु गरेको आन्दोलनलाई मनेाबैज्ञानिक दबाब मात्र भएको टिप्पणी गर्नुभएको छ। पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री डाक्टर भट्टराईले दलहरुको आन्दोलन मनोबैज्ञानिक दबाब बाहेक अरु केहि नभएको उल्लेख गर्नुभएको हो। उहाले सरकार सहमतिका साथ अघि बढ्न तयार रहेको बताउदै सहमाति भए आफू पदमा [...]
पर्वतको सदरमुकाम कुस्माबजार नजिकैको कालीगण्डकीमा झण्डै २ करोडको लागतमा १ सय ५६ मिटर अग्लो झोलुङ्गे पुल निर्माण हुने भएको छ। पर्वतको बड्गाउं डिलदेखि बागलुङको नारायणस्थान ९ कैया जोड्न कालीगण्डकी नदीमा पुल निर्माण थालिएको हो। सो पुल नेपालकै सबैभन्दा अग्लो झोलुङ्गे पुल हुनेछ। पुल निर्माणका लागि गरिएको बोलपत्र आव्हान स्वीकृत भएको तीन महिना भित्रमा पुल निर्माण [...]
संरक्षणको सूचीमा रहेको जीउंदो सालकसहित फिदिममा दुईजना पक्राउ परेका छन्। झापाको विर्तामोडवाट फिदिम गइरहेको मे १ ख २१३९ नम्बरको बसका चालक कुमार तामाङ र सह चालक महेन्द्र बांस्कोटालाई प्रहरीले सालकसहित प्रक्राउ गरेको हो। प्रहरी नायव उपरीक्षक विनोद सिलवालका अनुसार पक्राउ परेका चालक र सहचालकलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयमा वुझाइएको छ। जिल्ला वन कार्यालयका [...]
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गरिएको ठीक एकहप्तापछि राजधानीको अर्को व्यस्त ठाउंमा गोलीकाण्ड भएको छ। अज्ञात व्यक्तिहरुले प्रहार गरेको गोली लागी नेकपा एमाले निकट अनेरास्ववियु अमृत साइन्स क्याम्पस इकाइ कमिटीका उपाध्यक्ष वसन्त शाही गम्भीर घाइते भएका छन्। जेठ १८ गते विहान कार्यालय जांदै गर्दा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या भयो। [...]
२२ राजनीतिक दलले खुलामन्चमा आयोजना गरेको विरोध सभा सुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट विरोध र्याली निकालिएको छ। सभामा सहभागी हुने दलहरुले आमसभा अघि राजधानीका विभिन्न ठाउँबाट अलग–अलग दलले अलग–अलग र्याली निकालेका हुन्। काँग्रेसको नेतृत्वमा सुन्धाराबाट र्याली निकालिएको छ भने एमालेको नेतृत्वमा भृकुटीमण्डप, चुरेभावरको पुतलीसडक न्यूप्लाजा, नेकपा (माले)को गौशाला, जनता दलको लैनचौर तथा अन्य साना दलहरुको [...]
नेपालमा पहिलो पटक अन्तर सहकारी रकम स्थानान्तरण, अन्तर सहकारी भुक्तानी पुर्जाको फर्छ्यौट तथा कर्जा सूचनासम्बन्धी कार्य प्रारम्भ भएको छ। विकट ठाउंमा रहेका जनतालाई एक ठाउंबाट अर्को ठाउंमा सजिलै रकम स्थानान्तरणको सुविधालाई मध्यनजर गर्दै काठमाडौको लैनचौरमा प्रभु कोअपरेटिभ सर्भिस लिमिटेडको स्थापना गरिएको छ। जनतालाई छिटो र सहज सुविधाको लागि नेपालको ७५ वटै जिल्लामा कार्यालय राखिएको प्रभु [...]
भारतको सिक्किममा गएको पहिरोमा परी सातजना नेपाली भाषीको मृत्यु भएको छ। सिक्किमको नाथाङ–माओङ क्षेत्रमा गएको पहिरोमा परी एकै परिवारका तीनसहित सात जनाको मृत्युभएको बताइएको छ। बिहीबार रातिदेखि परेको अविरल बर्षका कारण त्यस क्षेत्रका आठ घर बगाएको थियो। मृत्यु हुनेहरुमा दिलमान, मणिमाया र टीका राई एकै परिवारका हुन्। स्थानीय महेन्द्र राई, नेहाल राई, चन्द्रकुमारी राई र [...]