नेपाल खेलकुद पत्रकार मञ्चले वर्षको लोकप्रीय खेलाडीको मनोनयनमा पर्न सफल खेलाडीहरुको नामावली सार्वजनिक गरेको छ। मनोनयनमा पर्न सफल खेलाडीहरुमा क्रिकेटका शक्ति गौचन, फुटबलका भरत खवास, टेनिसकी अश्लेषा लिसानेभिच, एथलेटिक्सकी सविता चौधरी र भलिबलकी रमिला तण्डुकार रहेका छन्। मञ्चको कार्यसमितिले बितेको वर्षमा सबै भन्दा बढी चर्चामा आएका खेलाडीहरुको आधारमा पांच खेलाडीलाई वर्षको लोकप्रिय खेलाडीमा मनोनयन गरेको हो। मनोनयनमा पर्न सफल खेलाडीहरुले २०६८ सालमा गरेको प्रदर्शन
शक्तिको गौचन
दुबइमा भएको ट्वान्टी ट्वान्टी बिश्वकप छनौट प्रतियोगितामा ह्याटि्रक सहित १६ विकेट क्रिकेटका प्रख्यात वेब साइट क्रिकइन्फोले सार्वजनिक गरेको उत्कृष्ट ११ खेलाडीको सुचीमा पर्न सफल ।
इन्डियन प्रिमियर लिग आइपिएलको चर्चित क्लब राजस्थान रोयल्सले ट्रायलका लागी बोलाएको।
सबिता चौधरी
छैटौ राष्ट्रिय खेलकुदमा सय मिटर र चार सय मिटर हर्डल्समा राष्ट्रिय किर्तीमान
छैटौ राष्ट्रिय खेलकुदमा दुई स्वर्ण
भरत खवास
शहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउने क्रममा १४ गोल राष्ट्रिय लिगको उपाधी पुलिसलाई दिलाउने क्रममा उत्कृष्ट फरवार्डको पुरस्कार जित्न सफल बिश्वकप छनौट चरण अन्तर्गत जोर्डन विरुद्धको घरेलु लेगमा शानदार गोल गर्दै जोर्डनलाई एक एक गोलको बराबरीमा रोक्न सफल पाकिस्तान बिरुद्ध उत्कृष्ट गोल गर्दै साफ च्याम्पियनसिपमा नेपाललाई सेमीफाइनल पुर्याउन सफल ।
रमिला तण्डुकार
महिला भलिबलको घरेलु प्रस्पिर्धामा चर्चित खेलाडी छैटौ र सातौ ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित अन्य बिद्यालय स्तरीय भलिबल प्रतियोगिता र घरेलु प्रतियोगितामा उत्कृष्ट खेलाडी र स्पाइकरको पुरस्कार जित्न सफल ।
अस्लेषा लिसानेभिच
२०६८ सालमा खेलेका सबै घरेलु टेनिस प्रतियोगितामा क्लिनस्विप नेपाली महिला खेलाडीमा नम्बर एकको बरियता छैटौ राष्ट्रिय खेलकुद , एपीएफ लन टेनिस प्रतियोगिता एवम बिभिन्न उमेर समुह र बिद्यालय स्तररिय टेनिस प्रतियोगितामा स्वर्ण पदक जित्न सफल ।
मनोनयनमा पर्ने खेलाडीमध्ये सर्वाधिक मत प्रँप्त गर्ने खेलाडीलाई वर्षको लोकप्रिय खेलाडी घोषणा गरिनेछ। जसका लागि बिहिवारदेखि एसएमएस भोटिङ खुल्ला गरिएको छ। आफूलाई मनपर्ने खेलाडीलाई नेपाल टेलिकम, एनसेल, युटिएलबाट भोट गर्न सकिनेछ। साथै यस वर्षदेखि ल्याण्ड लाइन फोनबाट पनि भ्वाइस म्यासेजमार्फत भोट गर्न सकिने व्यबस्था गरिएको छ।
शक्तिलाई भोट गर्न पल्सर स्पेस शक्तिको छोटो रुप एस जी, अस्लेशालाई ए एल, सवितालाई एस सी, रमिलालाई आर टी र भरतलाई बि के टाइप गरी ३१३१ पठाउन सकिनेछ भने ल्याण्ड लाइनबाट भने एक छ शून्य पांच डाल गरी आफ्नो मत व्यक्त गर्न सकिने छ। खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्ड यस वर्ष असार २० गते हुदैछ।
मञ्चले हरेक वर्ष विभिन्न आठ विधामा खेलाडीहरुलाई पुरस्कृत गर्दै आएको छ। आठ विधामध्ये वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी र उत्कृष्ट प्रशिक्षक विधामा मनोनयनमा पर्ने खेलाडीहरुको नामावलली यसै हप्ता सार्वजनिक गरिनेछ। लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पारा एथलिट अवार्ड भने कार्यक्रमकै दिन घोषणा गरिनेछ। वर्षको उत्कृष्ट महिला र पुरुष खेलाडी विधामा बिजेता हुनेले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य सबै विजेताले नगद ३० हजारका साथमा ट्रफी र उपहार प्रँप्त गर्नेछन्।









There are currently no comments on पल्सर स्पोर्टस अवार्ड : नेपाल खेलकुद पत्रकार मञ्चद्वारा वर्षका पांच लोकप्रिय खेलाडीको नाम सार्वजनिक. Perhaps you would like to add one of your own?