Articles Posted on June 7th, 2012

  • tennis

    माहिका रानाले अन्डर टुबेल तर्फको उपाधी जित्न सफल

    माहिका रानाले राजधानीमा जारी बोरिस लिसानेभिच मेमोरियल जुनियर लन टेनिस प्रतियोगिताको अन्डर टुबेल तर्फको उपाधी जितेकी छिन्। सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा बिहीबार सम्पन्न फाइनलमा इरा राउतलाई ६–३, ७–५ ले हराउंदै रानाले उपाधि जितेकी हुन। त्यसैगरी अन्डर टेन पुरुषतर्फको उपाधि संयमभुषण बर्जाचार्यले हात पारेका छन्। उनले आर्यन सुबेदीलाई ६–१, ६–० ले पाखा लागाउंदै उपाधि आफ्नो पक्षमा पारेका [...]

  • Govinda-mainali

    महिलाको हत्याको अभियोगमा जापानको कारागारमा रहेका नेपाली नागरिक गोविन्द मैनाली थुनामुक्त

    विना अपराध डेढ दशकको जेल याताना, त्यो पनि विदेशी भूमिमा। यस्तै यातना खेपे इलामका गोविन्द मैनालीले जापानमा। तर, अब मैनालीले यस्तो यातनाबाट मुक्ति पाएका छन्। जापानको टोकियोस्थित उच्च न्यायालयले उनलाई निर्दोष सावित गरिदिएपछि मैनाली १५ वर्षे जेल जीवनबाट मुक्त भएका छन्। गोविन्दको मुक्तिसंगै मैनाली परिवारमा पन्ध्रवर्षपछि खुशीयाली छाएको छ। जापान, एसियाको विकसित मुलुक। उच्च शिक्षा [...]

  • Mahila-Kon-Sabha

    कामचलाउ सरकारको राजीनामा माग गरे : भगिनी संस्था नेपाल महिला संघ

    जेठ १४ मा सरकारले असंवैधानिक कदम चालेर संविधानसभा विघटन गरेको भन्दै नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघले राजधानीको जोरपाटीमा विरोध सभा गरेको छ। काठमाडौंको जोरपाटिमा आयोजित कोण सभामा नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघले बाबुराम भट्टराई नेत्तृवको कामचलाउ सरकारको राजीनामा माग गरेको हो। कोणसभामा बोल्ने वक्ताहरुले संविधानसभा मार्फत नै नयां संविधान निमार्ण गर्नुपर्ने [...]

  • afganisthan

    अमेरिकी रक्षा मन्त्री लियोन पनेटाले पाकिस्तानले तालिवान लडाकुलाई शरण दिएको आरोप

    अमेरिकी रक्षा मन्त्री लियोन पनेटाले पाकिस्तानले तालिवान लडाकुलाई शरण दिएको आरोप लगाएका छन्। अफगानिस्तानमा हिजो भएको हिंसात्मक हमलाको बारेमा बुझ्न अफगानिस्तान पुगेका रक्षा मन्त्री पनेटाले पाकिस्तानले तालिवान लडाकुलाई शरण दिएकोमा अमेरिकाको धैर्यता समाप्त भएको चेतावनी दिए। अफगानिस्तानको कान्दहार प्रान्तमा नेटो सेनाको बेसक्यापमा पाकिस्तानमा बस्ने तालिवान लडाकुको समुहले आक्रमण गरेको उनको दाबी रहेको थियो। पनेटाले आक्रमण [...]

  • baburam

    बाबुरामको ब्यस्तता

    राष्ट्रिय सहमतिका लागि भन्दै काम चलाउ सरकारका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजनीतिक भेटघाट तीव्र बनाउनुभएको छ। प्रधानमन्त्री भट्टराईले आज दुईजना पूर्व प्रधानमन्त्रीहरुसंग भेट गरी सहमतिका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ। उहांले बिहान पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापासंग थापा निवास मालिगाउमा भेट गर्नुभएको थियो। भेटपछि अध्यक्ष थापाले प्रधानमन्त्री भट्टराईलाई राजीनामा गरी सहमतिको [...]

  • byawastapika

    संविधानसभा र व्यवश्थापिकाका अर्न्तगत प्रदान गरिएका राजनीतिक सुविधाका गाडी फिर्ता

    सरकारले संविधानसभाको नयां निर्वाचन घोषणा गरेपछि संसद सचिवालयले संविधानसभा हलको नविकरण प्रक्रिया अघि बढाएको छ। त्यस्तै संविधानसभा र व्यवश्थापिकाका अर्न्तगत प्रदान गरिएका राजनीतिक सुविधाका गाडी पनि सचिवालयले फिर्ता लिइरहेको छ। संविधानसभाको विघटनपछि सुनसान जस्तै बनेको व्यवश्थापिका संसदको सचिवाल परिसरमा लहरै गाडी राखिएका छन्। सुविधामा दिइएका गाडी सचिवालयले फिर्ता लिएको हो। झण्डै चालिसको संख्यामा वितरण गरिएका [...]

  • Aamshabha-tayari

    माओवादीको सर्वसत्तावादका विरुद्धको आन्दोलनमा सहभागी हुन सबैलाई आव्हान

    सरकार विरुद्ध आन्दोलन घोषणा गरेका नेपाली कांग्रेस र नेकपा एमालेसहितका २२ राजनीतिक दलहरुले भोली खुलामञ्चमा आयोजना हुने आमसभामा लाखौं जनताको उपस्थिति गराएर शक्ति प्रदर्शन गर्ने बताएका छन्। संविधानसभाको विघटनपश्चात सरकारले घोषणा गरेको निर्वाचनको विपक्षमा रहेका दलहरुले सरकारलाई घुडा टेकाउनका लागि भोलीदेखि नै संघर्षका कार्यक्रमहरु सुरु भएको जनाएका छन्। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार [...]

  • minendra-rijal

    दलहरुबीच संवाद र सहमतिका लागि पनि प्रधानमन्त्रीको राजीनामा पहिलो शर्त भएको स्पष्ट : मिनेन्द्र रिजाल

    नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले सहमतिका लागि कामचलाउ सकारका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले तत्काल राजीनामा दिई निकासको बाटो खेाल्नुपर्ने बताउनुभएको छ। राजधानीमा आज आयोजित एक साक्षात्कारमा नेता डाक्टर रिजालले दलहरुबीच संवाद र सहमतिका लागि पनि प्रधानमन्त्रीको राजीनामा पहिलो शर्त भएको स्पष्ट पार्नुभयो। कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले सहमति बिकल्प नभएको स्वीकार गर्दै सहमतिका [...]

  • HTV-website-picture

    इमेजलाई पत्र दुःखद घटनाः सञ्चार मन्त्री यादव

    सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले प्रेसमाथि अंकुश लगाउने सरकारको कुनै नियत नभएको बताउनुभएको छ। प्रेस काउसिल नेपाल, नेपाल पत्रकार महासंघ, सूचना विभाग र न्युनतम पारिश्रमिक निर्धारण समितिलेसंयुक्तरुपमा काभ्रेको धुलिखेलमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले सरकार सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो। उंहाले इमेज न्यूज एफएमलाई मन्त्रलायबाट लेखिएको पत्रबारे आफूलाई जानकारी नभएको [...]

  • pulsur-award

    पल्सर स्पोर्टस अवार्ड : नेपाल खेलकुद पत्रकार मञ्चद्वारा वर्षका पांच लोकप्रिय खेलाडीको नाम सार्वजनिक

    नेपाल खेलकुद पत्रकार मञ्चले वर्षको लोकप्रीय खेलाडीको मनोनयनमा पर्न सफल खेलाडीहरुको नामावली सार्वजनिक गरेको छ। मनोनयनमा पर्न सफल खेलाडीहरुमा क्रिकेटका शक्ति गौचन, फुटबलका भरत खवास, टेनिसकी अश्लेषा लिसानेभिच, एथलेटिक्सकी सविता चौधरी र भलिबलकी रमिला तण्डुकार रहेका छन्। मञ्चको कार्यसमितिले बितेको वर्षमा सबै भन्दा बढी चर्चामा आएका खेलाडीहरुको आधारमा पांच खेलाडीलाई वर्षको लोकप्रिय खेलाडीमा मनोनयन गरेको [...]