Articles Posted on June 6th, 2012

  • Janata-Bank

    ४१ हजार ६ सय १८ जना लाई जनता बैंक शेयर बाँडफाँट

    जनता बैंक नेपाल लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको ६० करोड रुपियाँ बराबरको ६० लाख कित्ता साधारण शेयर आज बाँडफाँट गरेको छ। बैशाख १७ गतेदेखि २२ सम्म खुला गरिएको शेयर निष्कासनमा ४१ हजार ८ सय ३२ अर्थात् माग गरिएको भन्दा ३.३१ गुणा बढी आवेदन परेको थियो। तीमध्ये रित पुगेका कूल ४१ हजार ६ सय १८ आवेदकहरुलाई शेयर बाँडफाँट [...]

  • HTV-website-picture

    लागूऔषध नियन्त्रणका लागि प्रहरीले नयां शैली अपनाए

    नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्या बढदै गएपछि प्रहरीले त्यसको नियन्त्रणका लागि नयां शैली अपनाएको छ। प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरीले लागूऔषधको विरुद्धमा काम गर्दै आएको संस्था नार्कोनन नेपालसंगको सहकार्यमा नयां अभियान संचालन गर्न लागेको प्रहरी अतिरिक्त महानिरीक्षक भिष्म प्रसार्इंले जानकारी दिनुभयो। नेपाल प्रहरीको लागूऔषध नियन्ण गर्ने एउटा छुटै ईकाई हुंदाहुंदै एउटा गैरसरकारी संस्थाको आग्रहमा [...]

  • pm-bhet

    दलहरुबीच सहमति जुटाएर र्निवाचनमा जान दुई जना पूर्वप्रधानमन्त्रीहरुसंग आग्रह : बाबुराम भट्टराई

    प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दलहरुबीच सहमति जुटाएर र्निवाचनमा जान दुई जना पूर्वप्रधानमन्त्रीहरुसंग आग्रह गर्नु भएको छ। सरकारले घोषणा गरेको संविधानसभाको नयाँ निर्वाचनका लागि राजनीतिक सहमति जुटाउन दुई हजार सतचालीस सालपछिका पूर्वप्रधानमन्त्रीहरुसंग छलफल सुरु गर्नु भएका प्रधानमन्त्री भट्टराईले आज पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र माधवकुमार नेपालसंग सो आग्रह गर्नु भएको हो। नेपाली कांग्रेसका बरिष्ठ नेता एवम् [...]

  • Afganisthan-Kandahar

    अफ्गानिस्तानको कान्दाहार प्रान्तमा आत्मघाति आक्रमण : २२ जनाको मृत्यु

    अफ्गानिस्तानको कान्दाहार प्रान्तमा भएको आत्मघाति आक्रमणमा २२ जनाको मृत्यु भएको छ। सो आक्रमणमा ५० जना भन्दा बढी मानिस घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। आक्रमणमा २ जनाको सहभागीता रहेको अफ्गान प्रहरीले जानाएको छ। घटनास्थलमा नेटो सेनाको सामान ओसार पसार गर्ने ड्राइभर रहेको बताइएको छ। विष्फोट तालिबानी विद्रोहीले गराएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। घटनामा मृत्यु [...]

  • nepali-congress-flag

    जनजातिका मागका सम्बन्धमा सम्बोधन नगरे पार्टी परित्याग गर्ने चेतावनी : आदिवासी जनजाति

    नेपाली कांग्रेसका निकटका आदिवासी जनजातिहरुले पार्टीले जनजातिका मागका सम्बन्धमा सम्बोधन नगरे पार्टी परित्याग गर्ने चेतावनी दिएका छन्। पार्टी कार्यालय सानेपामा आज सभापति शुसिल कोइरालालाई ज्ञापन पत्र बुझाउंदै आदिवासि जनजाति संघ लगायतका सत्र जनजाति संघले संघियता र जातिय पहिचान विरोधिहरुले षड्यन्त्रमुलक ढंगले संविधानसभा विघटन गराएको साथै कांग्रेसका शिर्ष नेताहरु समेत प्रत्यक्ष र परोक्षरुपमा षड्यन्त्रमा संलग्न भएको [...]

  • यार्सागुम्वा टिप्न डोल्पा गएका जाजरकोटका दुईजनाको मृत्यु

    यार्सागुम्वा टिप्न डोल्पा गएका जाजरकोटका दुईजनाको मृत्यु

    यार्सागुम्वा टिप्न डोल्पा गएका जाजरकोटका दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको रग्दा गाविस वडा नम्बर ६ का १४ वर्षीय देवीराम शाही र सक्ला गाविसका कैलो वली छन्। यार्सागुम्वा टिप्ने सिलसिलामा भीरबाट लडेर उनीहरुको मृत्यु भएको स्थानीय धर्मराज थापाले जानकारी दिएका छन्। उनीहरु दुई साताअघि यार्सागुम्बा टिप्न डोल्पा गएका थिए। दीपेन्द्र शर्मा 

  • sushil-koirala1

    संविधानसभा पुर्नस्थापनका लागि पहल गर्न सभापति शुसिल कोइरालाको ध्यानाकर्षण

    नेपाली कांग्रेसका पुर्व सभासदहरुले संविधानसभाको उपलब्धिलाई संस्थागत गर्न सिमित समयका लागि संविधानसभा पुर्नस्थापनका लागि पहल गर्न सभापति शुसिल कोइरालाको ध्यानाकर्षण गराएका छन्। कांग्रेस पार्टी कार्यालय सानेपामा पुर्व सभासदहरुले चार वर्षको अवधिमा संविधानसभाले हासिल गरेको उपलब्धिलाई अनुत्पादक बन्न नदिन सिमित समयका लागि संविधानसभा पुर्नस्थापन माग गरेका छन्। उनिहरुले संविधानसभा विघटन,प्रधानमन्त्रीको कदम र शुक्रवार आयोजना हुन लागेको [...]

  • gorkhanath-mandir

    गोरखानाथ मन्दिर निर्माण

    भक्तपुरको छालिङ गाविस वडा नम्बर १ महांकालस्थित त्रिशुलडांडा मूलकोटगढीमा गोरखनाथ मन्दिर निर्माण सुरु भएको छ। मन्दिरको आज नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य रोशन पौडेलले शिलान्यास गर्नुभयो। शिखर शैलीमा निर्माण हुने उक्त मन्दिर निर्माणका लागि कूल १५ लाख रुपैया खर्च हुने व्यबस्थापन समितिका अध्यक्ष श्रीकृष्ण खड्काले बताउनुभयो। मन्दिर निर्माणका लागि पर्यटन विकास बोर्डबाट १० लाख [...]

  • jhalnath-sapath

    संविधानका अधिकांश विषयमा सहमति भइसक्दा पनि माओवादी र सरकार गम्भीर नबन्दा मुलुकमा संकट : खनाल

    नेकपा एमालेका अध्यक्ष खनालले संविधानका अधिकांश विषयमा सहमति भए पनि एकीकृत नेकपा माओवादी र सरकारले सुझबुझ नदेखाएका कारण संविधानसभा विघटन भएको बताउनु भएको छ। आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष खनालले संविधानका अधिकांश विषयमा सहमति भइसक्दा पनि माओवादी र सरकार गम्भीर नबन्दा मुलुकमा संकट आएको बताउनु भयो। अध्यक्ष खनालले सरकारले निर्वाचनका लागि आवश्यक पर्ने संसदसमेत [...]

  • cp-gajurel

    प्रधानमन्त्रीलाई सविधानसभाको विघटन गरेको आरोप : सीपी गजुरेल

    एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले भारतीय दबाबमा प्रधानमन्त्री बाबुराम भट्टराईले सविधानसभाको विघटन गरेको आरोप लगाउनु भएको छ। रफत संचार क्लबले भक्तपुरमा आयोजना गरेको अन्तर्क्रियामा सचिव गजुरेलले हैसियत नभएका प्रधानमन्त्री भट्टराई र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको बुई चढेर सुनियोजित रुपमा सविधानसभा विघटन गरेको आरोप लगाउनुभयो। उंहाले असंवैधानिक सरकारले असंवैधानिक ढंगले स्वेच्छाचारी रुपमा कोठाबाट [...]