अमेरिकामा एसियालीमूलका नागरिकहरु बेरोजगारको चपेटामा

Written by admin. Posted in अर्थ-वाणिज्य

Published on June 05, 2012 with

लामो समयदेखि अमेरिकामा बस्ने एसियालीमूलका नागरिकहरु बेरोजगारीको पहिलो नम्बरमा रहेको एक सर्वेक्षणले देखाएको छ। हालै गरिएको एक सर्वेक्षणले अमेरिकामा रहेका एसियालीमूलका शिक्षित मानिने नागरिकहरु नै बेरोजगारको चपेटामा परेको देखाएको हो। बेरोजगारी सम्बन्धी उक्तसर्वेक्षणले अमेरिकामा रहेका सात दशमलब एक एशियाली मुलका नागरिक बेरोजगारीको चपेटामा रहेको देखाएको छ, जुन हालसम्मकै उच्च हो।

तर, अमेरिकामा बेरोजगारीको दर भने ८ दशमलव २ प्रतिशत छ। एशियाली मुलुककै ५० प्रतिशत भन्दा धेरै मानिस ६ महिना भन्दा बढी समय बेरोजगार रहेको प्रतिवेदनमा उल्लेख छ। सो सर्वेक्षणले अमेरिकामा उच्च शिक्षा हासिल गरेका ६ दशमलव ४ प्रतिशत मानिसमध्ये ४ दशमलव ३ प्रतिशत मानिस लामो समयसम्म बेरोजगार रहने गरेको देखाएको छ ।

चन्दा घिमिरे 

facebook comments:

Leave a Comment