Articles Posted on June 5th, 2012

  • saikhik

    शैक्षिक मेला

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्था र शैक्षिक प्रणालीको विषयमा जानकारी दिने उद्देश्यले राजधानीसहित मुलुकका विभिनन ठाउँमा शैक्षिक मेला गरिने भएको छ। आयोजक डाइरेक्सन नेपालले आज पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो। मेला असारको पहिलो सातादेखि चारदिनसम्म काठमाडौको भृकुटी मण्डपमा तथा असार १ देखि ३ सम्म पोखरामा गरिने बताइएको छ। त्यसैगरी असार १४ देखि १६ [...]

  • HTV-website-picture

    लागू औषधको आसार पोसारको ट्रान्जिट प्वाइन्ट प्रहरीले पत्ता लगाए

    नेपाल अवैध लागू औषधको आसार पोसारको लागि ट्रान्जिट प्वाइन्ट बनेको निकै लामो समय भइसक्यो। प्रहरीले ओसार पसारमा प्रयोग हुने बाटोसमेत पत्ता लगाइसकेको छ। प्रहरीको सक्रियतापछि कारोबारीले आफ्नो बाटो र कारोबारको शैलीमा पनि परिवर्तन ल्याएका छन्। अरु त अरु, आफ्नै ६ वर्षीया अबोध छोरीलाईसमेत लागू औषधको भरिया बनाउने गरेको तथ्य पनि सार्वजनिक भएको छ। भारतको मोतिहारी [...]

  • baburam

    संविधानसभा विघटन हुनु आफ्नो जीवनको सबै भन्दा दुख्द पक्ष : प्रधानमन्त्री

    संविधानसभाको विघटन भएपश्चात सत्तारुढ दलहरुले आज राजधानीमा बृहत् अन्तर्क्रिया गरी संविधानसभाको नयां निवार्चनको विकल्प नभएको बताएका छन्। अन्तर्क्रियामा सत्तारुढ दलले नेपाली कांग्रेस र नेकपा एमालेले पहिचानसहितको संघीयता नरुचाउंदा संविधानसभा विघटन हुन पुगेको आरोपसमेत लगाएका छन्। संविधानसभाको विघटनसंगै कांग्रेस एमाले लगायतका प्रतिपक्षी दलहरुले माओवादी र मधेसी मोर्चाका कारण मुलुक राजनीतिक र संवैधानिक संकटमा फसेको भन्दै आन्दोलन [...]

  • tennis

    संयक भुषण बज्राचार्य र आर्यन सुवेदी लन टेनिस प्रतियोगिताको फाइलन चरणमा प्रवेश

    राजधानीमा जारी बोरिस लिसानेभिच मेमोरियल जुनियर लन टेनिस प्रतियोगिताको अण्डर टेन पुरुष एकलतर्फ संयक भुषण बज्राचार्य र आर्यन सुवेदी फाइलन चरणमा प्रवेश गरेका छन्। आज अन्डर १०, १२, १४ र १८ इभेन्टमा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन्। सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको अन्डर १० महिलातर्फ माइङ्का राना, मायङ्का राना, एनी माथेमा, इरा राउतले सेमीफाइनलको यात्रा तय [...]

  • us-unemployment

    अमेरिकामा एसियालीमूलका नागरिकहरु बेरोजगारको चपेटामा

    लामो समयदेखि अमेरिकामा बस्ने एसियालीमूलका नागरिकहरु बेरोजगारीको पहिलो नम्बरमा रहेको एक सर्वेक्षणले देखाएको छ। हालै गरिएको एक सर्वेक्षणले अमेरिकामा रहेका एसियालीमूलका शिक्षित मानिने नागरिकहरु नै बेरोजगारको चपेटामा परेको देखाएको हो। बेरोजगारी सम्बन्धी उक्तसर्वेक्षणले अमेरिकामा रहेका सात दशमलब एक एशियाली मुलका नागरिक बेरोजगारीको चपेटामा रहेको देखाएको छ, जुन हालसम्मकै उच्च हो। तर, अमेरिकामा बेरोजगारीको दर भने [...]

  • Helicopter-trilok

    नेपाली युवाहरुले हेलिकोप्टर बनाए !!

    सुन्दै खुसीको कुरा, नेपाली युवाहरुले हेलिकोप्टर बनाए। नेपालमा सियोसम्म पनि बन्न सक्दैन भन्ने मान्यता अब बदलिएको छ। सामान्य लेखपढ गर्न मात्रै जानेका रुपन्देही बुटवलका दुई भाइले आफ्नै फर्निचरमा हेलिकोप्टर बनाइदिएर सबैलाई अचम्ममा पारेका छन्। गौतम दाजुभाइले आफूहरुले बनाएको हेलिकोप्टरको नाम राखिदिएका छन्, त्रिलोक एयर हेलिकोप्टर। काठमाडौंको सुकेधारास्थित निलोपुलमा लामो समयदेखि फर्निचर सञ्चालन गर्दै आएका यी [...]

  • prachanda

    कांग्रेस र एमालेकै अडानका कारण संविधानसभा विघटन भएको आरोप : पुष्पकमल दाहाल

    एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति गरी देशलाई निकास दिनुको कुनै विकल्प नभएको बताउनुभएको छ। आज राजधानीमा सत्तारुढ दलहरुद्वारा आयोजित बृहत् अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानसभा विघटन हुनुमा मुख्यरुपमा नेपाली कांग्रेस र नेकपा एमाले दोषी रहेको आरोप लगाउनुभयो। उहांले कांग्रेस र एमालेकै अडानका कारण संविधानसभा विघटन भएको आरोप लगाउनुभयो। उहांले राजनीतिक सहमतिका लागि [...]

  • ghus-lida-lidai-pakrau

    घुस लिदालिदै पक्राउ

    सरकारी कर्मचारीले सेवाग्राहीसंग घुस लिने गरेको नौलो कुरा होइन। किनकी पटक पटक घुस प्रकरण सार्वजनिक भइसकेका छन्। यस्तै श्रृंखला दोहोरिएको छ, काभ्रेको नापी कार्यालयमा। नक्सा लिन आएका एकजना सेवाग्रहीसंग नापी कार्यालय काभ्रेका एक कर्मचारी घुस लिंदालिदै पक्राउ परेका छन्। नापी कार्यालय काभ्रेका एक कर्मचारी सेवाग्राहीसंग घुस लिंदै गर्दा पक्राउ परेका छन्। प्रहरीले नापी कार्यालयका सर्बेक्षक [...]

  • uml-bhaithak

    आफ्नै पार्टीका जनजाती तथा मधेशी सभासद्ले पार्टी छोड्ने चेतावनी : नेकपा एमाले अप्ठ्यारोमा

    आफ्नै पार्टीका जनजाति तथा मधेशी सभासद्ले पार्टी छोड्ने चेतावनी दिएपछि अप्ठ्यारोमा परेको नेकपा एमालेको कार्यकर्ता भेला राजधानीमा जारी छ। परिवर्तित सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न भनेर एमालेले पार्टीमा आबद्ध जनसंगठनहरुको भेला बोलाएको हो। राष्ट्रिय सभागृहमा जारी भेलामा पार्टीका शीर्ष नेताहरुसहित विभिन्न जनवर्गीय संगठनका पदाधिकारीहरुको सहभागिता छ। भेलामा पार्टीभित्रको विवाद र राष्ट्रिय राजनीतिमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे [...]

  • सरकारविरुद्ध सडकमा आन्दोलन गरिए सरकारले जस्तो सुकै कदम पनि चाल्नसक्ने चेतावनी

    सरकारविरुद्ध सडकमा आन्दोलन गरिए सरकारले जस्तो सुकै कदम पनि चाल्नसक्ने चेतावनी

    सूचना तथा संचार मन्त्री राजकिशोर यादवले सरकारविरुद्ध सडकमा आन्दोलन गरिए सरकारले जस्तो सुकै कदम पनि चाल्नसक्ने चेतावनी दिनु भएको छ। राजधानीमा आज आयोजित एक कार्यक्रममा मन्त्री यादवले कसैले सडकमा आन्दोलन गरे सरकारले जुन सुकै कदम चाल्ने चेतावनी दिनुभएको हो। कार्यक्रममा एकीकृत नेकपा माओवादी नेता देव गरुङले वर्तमान सरकार विदेशी शक्तिका सामु आत्मसर्मपण गरेको आरोप लगाउनुभयो। [...]