सगरमाथाको सफल आरोहण गरी नयां कीर्तिमान कायम गर्ने कामे शेर्पालाई सम्मान

Written by admin. Posted in कला - सँस्कृति, विशेष

Published on June 04, 2012 with

आठ दिनमा तीन पटक विश्वको सर्वाच्च शिखर सगरमाथाको सफल आरोहण गरी नयां कीर्तिमान कायम गर्ने कामे शेर्पालाई सम्मान गरिएको छ। केरुङ चार सोलुखुम्बुका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मान गरिएको हो। शेर्पाले जेठ छ गते प्रथम पटक, एघार गते दोस्रो पटक र चौध गते तेस्रो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। विश्व कीर्तिमान राख्न सफल शेर्पाले राज्यले हालसम्म आरोहीहरुलाई कुनै सहयोग नगरेको गुनासो गर्दै राज्यले सहयोग गरिदिन आग्रह गरे। शेर्पाले हालसम्म चौध पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

सन्ध्या

facebook comments:

Leave a Comment