बागलुङ नगरपालिकालाई आगामी ५ वर्षमा पर्यटकीय तथा समृद्ध नगरको रुपमा विकास गर्ने उद्देश्यले निमार्ण गर्न लागिएको आवधिक योजना अन्तिम चरणमा पुगेको छ। आवधिक योजनाको अन्तिम तयारीका लागि बागलुङ नगरपालिका कार्यालयले सरोकारवालासंग छलफल गरेको छ। छलफलमा सरोकारवालाले भविष्यका लागि व्यावहारिक हुने गरी योजना निर्माण गर्नुपर्ने सुझाव दिएका थिए। आवाधिक योजनाको अवधिमा चक्रपथ निर्माण, ढलको उचित निकास, जग्गा विकास कार्यक्रम, ल्याण्डफिल्ड साइडको निर्माण, बसपार्क, सहिद पार्क, बधशाला र हाटबजारको निर्माण गरिने बताइएको छ। त्यसैगरि आवधिक योजनामा बागलुङ बजारदेखि पर्वतको बनौ र मल्लाजसम्म ग्रामीण रोपवे निर्माण गर्ने पनि उल्लेख छ।
गणेश पौडेल








There are currently no comments on नगर योजना. Perhaps you would like to add one of your own?