Articles Posted on June 4th, 2012

  • uml-bhaithak

    राज्यपुर्नसंरचना गर्नुपर्ने मागले नेकपा एमालेमा अन्तरविरोध बढे

    संविधानसभा विघटनपछि नेकपा एमालेभित्रको विवादले चरम रुप लिएको छ। राज्यपुर्नसंरचनाका विषयमा पार्टीले स्पष्ट अडान नलिएको भन्दै जनजाति र मधेसी नेताहरुले आक्रोश पोखेपछि शीर्ष नेतृत्वलाई विवाद मिलाउन हम्मेहम्मे परेको छ भने आइतबारदेखि सुरु भएको केन्द्रिय कमिटी बैठकसमेत स्थगित हुन पुगेको छ। एकल जातीय पहिचानका आधारमा राज्यपुर्नसंरचना गर्नुपर्ने मागले नेकपा एमालेमा अन्तरविरोध बढेको हो। पार्टीका आदिवासी जनजाति [...]

  • tennis

    बोरिस लिसानेभिच मेमोरियल जुनियर लन टेनिस प्रतियोगिताको क्वाटरफाइन खेलहरु सम्पन्न

    राजधानीमा जारी बोरिस लिसानेभिच मेमोरियल जुनियर लन टेनिस प्रतियोगिता अन्तर्गत आज अन्डर १० र १८ इभेन्टमा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको छ। सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको अन्डर १० पुरुषतर्फको खेलमा वृश्चिक गुरुङ र आर्यान गिरी सेमीफाइनल प्रवेश गरेका छन् भने महिलातर्फ निमा रोक्का, अभिलाषा विस्ट र एल्सा रेग्मी सेमीफाइनल प्रवेश गरेकाछन्। त्यसैगरी अन्डर १८ महिलातर्फ मंजिता [...]

  • jeep-accident

    वैदेशिक रोजगार प्रबर्द्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाको जिप दुर्घटनामा परी मृत्यु

    मकवानपुरको भीमफेदीमा जीप दुर्घटनामा परी वैदेशिक रोजगार प्रबर्द्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौंडा जांदै गरेको बा८च४६१८ नम्बरको जिप मकवानपुरको भीमफेदीमा दुर्घटना हुंदा जिपमा सवार देवकोटाको मृत्यु भएको हो। दुर्घटनामा परी डाक्टर राकेश पन्तको समेत मृत्यु भएको छ। दुर्घटनामा चालक राजकुमार तामाङसहित तीनजना घाइते भएका छन्। गम्भीर घाइते तामाङलाई उपचारका लागि [...]

  • kame-sherpa

    सगरमाथाको सफल आरोहण गरी नयां कीर्तिमान कायम गर्ने कामे शेर्पालाई सम्मान

    आठ दिनमा तीन पटक विश्वको सर्वाच्च शिखर सगरमाथाको सफल आरोहण गरी नयां कीर्तिमान कायम गर्ने कामे शेर्पालाई सम्मान गरिएको छ। केरुङ चार सोलुखुम्बुका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मान गरिएको हो। शेर्पाले जेठ छ गते प्रथम पटक, एघार गते दोस्रो पटक र चौध गते तेस्रो पटक सगरमाथाको सफल आरोहण गरेका थिए। विश्व कीर्तिमान राख्न सफल शेर्पाले [...]

  • nagar-yojana

    नगर योजना

    बागलुङ नगरपालिकालाई आगामी ५ वर्षमा पर्यटकीय तथा समृद्ध नगरको रुपमा विकास गर्ने उद्देश्यले निमार्ण गर्न लागिएको आवधिक योजना अन्तिम चरणमा पुगेको छ। आवधिक योजनाको अन्तिम तयारीका लागि बागलुङ नगरपालिका कार्यालयले सरोकारवालासंग छलफल गरेको छ। छलफलमा सरोकारवालाले भविष्यका लागि व्यावहारिक हुने गरी योजना निर्माण गर्नुपर्ने सुझाव दिएका थिए। आवाधिक योजनाको अवधिमा चक्रपथ निर्माण, ढलको उचित निकास, [...]

  • singha-durbar

    नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र राष्ट्रपति भेट

    नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुले राजनीतिक अनिश्चितताका कारण व्यवसायमा समेत अनिश्चितता बढेको भन्दै राष्ट्रपति डा. रामवरण यादवसमक्ष चिन्ता व्यक्त गरेका छन्। आज राष्ट्रपति कार्यालय शितल निवासमा पुगेका उद्योगी व्यवसायीहरुले संविधानसभा विघटन भएपछिको अवस्थाले उद्योगी व्यवसायीहरुलाई थप त्रास थपेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। राष्ट्रको अभिभावकको हिसाबले राष्ट्रपतिले राजनीतिकसंगै आर्थिक विषयमा समेत विशेष भूमिका निर्वाह गर्न [...]

  • शरतसिंह भण्डारी पक्षधर सम्पूर्ण कार्यकर्ताद्वारा सामूहिक राजीनामा दिए

    शरतसिंह भण्डारी पक्षधर सम्पूर्ण कार्यकर्ताद्वारा सामूहिक राजीनामा दिए

    महोत्तरीमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शरत्सिंह भण्डारी पक्षधर सम्पूर्ण कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। पार्टीको विधान विपरीत केन्द्रीय सचिव रविन्द्र ठाकुरले महोत्तरी जिल्ला अध्यक्षमा दीपु साहलाई मनोनयन गरेपछि भण्डारी पक्षधर कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा गरेका हुन। जलेश्वरमा आज पत्रकार सम्मेलन गरी जिल्ला अध्यक्ष मुजिम राइन, उपाध्यक्ष केदारनाथ पाठक, सचिव राजकिशोर यादव लगायत २५ भन्दा बढी [...]

  • HTV-website-picture

    प्रधामन्त्रीले तत्काल पदमुक्त गरी राष्ट्रि्य सहमतिमा अन्तरिम चुनावी सरकार बनाउन आग्रह : मधेशी मोर्चा

    बृहत मधेसी मोर्चाले प्रधानमन्त्रीको संविधानसभा विघटन गर्ने निर्णय र संविधानसभाको अर्को निर्वाचनको घोषणा असंवैधानिक भएको ठहर गर्दै प्रधानमन्त्रीलाई तत्काल पदमुक्त गर्ने राष्ट्रपतिसमक्ष आग्रह गरेको छ। राष्ट्रपति डाक्टर रामवरण यादवसंगको भेटमा बृहत मधेशी मोर्चाले प्रधामन्त्री बाबुराम भट्टराईलाई तत्काल पदमुक्त गरी राष्ट्रि्य सहमतिमा अन्तरिम चुनावी सरकार बनाउन आग्रह गरेको हो। सर्वपक्षी गोलमेच सम्मेलन मार्फत चुनावी सरकार बनाउनका [...]

  • congress-meeting

    सत्ता घटक छलफल

    संविधानसभाको विघटनपछि बदलिदो राजनीतिक घटनाक्रमको बारेमा सरकारमा सहभागी दलहरुबीच छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्ता गठबन्धन दलहरुबीचको छलफलले संविधानसभा विघटनका विषयमा जनतालाई जानकारी गराउन जनसभा गर्ने निष्कर्ष निकालेको छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले संविधानसभा विघटनको आरोप माओवादीलाई एक्लौटी रुपमा लगाउने गरेकाले जनसभा मार्फत सत्ता गठबन्धनको धारणा [...]

  • Boxing

    नेपाल बक्सिङ संघद्वारा बार्षिक कार्यक्रम सार्वजनिक

    राष्ट्रिय खेलकुद परिषदले राजिब श्रेष्ठ अध्यक्ष रहेको संघलाई बैधानिकता प्रदान गरे संगै नेपाल बक्सिङ संघले बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदमा आज पत्रकार सम्मेलन गर्दै बक्सिङ संघले बार्षिक कार्यक्रम सार्बजनिक गरेको हो। जसअनुसार बिगतमा भन्दा बढी राष्ट्रिय खेलाडीहरु उत्पादन गर्ने उदेश्यले बर्षमा आठ वटा राष्ट्रिय स्तरका प्रतिायोगिता गर्ने लक्ष्य राखेको छ। [...]