होटल अन्नपूर्णको क्यासिनो अन्नामा आज तोडफोड भएको छ। क्यासिनोका सहायक व्यवस्थापक कल्पदीप राईले आजविहान क्यासिनोको आफ्नै कोठाको कम्प्युटर, टेबल लगाएतका उपकरण तोडफोड गर्दै कागजपत्र च्यातेको क्यासिनो व्यवस्थापनले जनाएको छ। राईले गरेको तोडफोडविरुद्ध कर्मचारीहरुले आन्दोलन गरेका छन उनीहरुले राईलाई कारबाही गर्नुपर्ने माग राखेका छन्। तोडफोडमा संलग्न भनिएका राईलाई प्रहरीले पक्राउ गरेको छ। कर्मचारीहरु नाराजुलुस लगाउंदै प्रहरी [...]
पार्टीको दुई धारवीचको विवाद मिलाउन केन्द्रमा छलफल चलिरहेको बेलामा माओवादीका स्थानीय संगठनहरुमा भने विवाद चर्किदै गएको छ। आफूभन्दा माथिल्लो तहको नेतालाई कारबाही सिफारिस गरेको भन्दै माओवादी नगर समिति इटहरीको संस्थापन पक्षले वैद्य पक्षका नगर सह सेक्रेटरीलाई निष्कासन गरेको छ। नगर सह सेक्रेटरी उपेन्द्र घिमिरेलाई इटहरी समितिले निष्कासन गरेको आइतबार पत्रकार सम्मेलन गर्दै सेक्रेटरी तथा इन्चार्ज [...]
नेपाल शैक्षिक परामर्श संघ इक्यानले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी परिसर हनुमानढोकालाई एक लाख रुपैयाँ बराबरका तीन थान कम्प्युटर सहयोग गरेको छ। आज एक कार्यक्रम गरी संघका अध्यक्ष राजेन्द्र बरालले परिसरका प्रहरी वरिष्ठ उपरीक्षक जयबहादुर चन्दलाई कम्प्युटर प्रदान गर्नुभएको हो। सो अवसरमा संघका अध्यक्ष बरालले सरकारी निकायलाई प्रभावकारी बनाउन यस किसिमको सहयोग गरिएको र [...]
यस वर्षको विश्व बाल अधिकार नायक पुरस्कार तान्जीनियाकी अन्ना मोलेलले जितेकी छिन्। विजेताको विश्वभर एकैसाथ घोषणा गर्ने नीति अनुरुप माइती नेपालले पनि एक कार्यक्रमको आयोजना गरेको छ। नोबेल शान्ति पुरस्कार सरह मानिने विश्व बाल अधिकार नायक पुरस्कार सन् २ हजारदेखि प्रदान गरिदै आएको छ। बालअधिकारको क्षेत्रमा रहेर शाहसिक तथा उदाहरणीय कार्य गर्ने व्यक्ति तथा संस्थालाई [...]
खेलकुद पत्रकार मञ्चले हरेक बर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्ड अगामी असार २० गते हुने भएको छ। मञ्चले बिगतमा भाद्र २५ गते गर्दै आएको अवार्ड समारोह यस बर्ष भने जुलाई २ मा पर्ने अन्तराष्ट्रिय खेलकुद दिबसको अवसर पारेर असार २० गते गर्न लागेको हो। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने स्पोर्टस अवार्डमा बिभिन्न आठ बिधा [...]
ब्यवसायिक क्रिकेट खेल्न श्रीलंका जान लागेका क्रिकेट खेलाडी अमृत भट्टराई र चन्द्र साउदलाई ५ सय डलर हस्तान्तरण गरिएको छ। नेपाल स्पोर्टस फाउन्डेशन र नेप्लिज क्रिकेट फ्यानले संयुक्त रुपमा फेसबुक मार्फत रकम संकलन गरी खेलाडीद्धय अमित र चन्द्रलाई आइतबार पत्रकार सम्मेलन गर्दै रकम हस्तान्तरण गरेको हो। । फेसबुक मार्फत सुरु गरिएको अभियानमा बिदेशमा रहेका क्रिकेट प्रेमी [...]
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले समाजमा कलंकका रुपमा रहेको छुवाछुत अन्त्य गर्ने उद्देश्यले बिभिन्न तहमा संयन्त्र निर्माण गरी आजैदेखी परिचालन गरिएको जानकारी दिनुभएको छ। छुवाछुत मुक्त राष्ट्र घोषणाको छैटौं बर्ष उपलब्धी र चुनौती बिषयक गोष्ठीमा बोल्दै प्रधानमन्त्री भट्टराईले छुवाछुत बिरुद्ध लड्न पर्याप्त कानुनी कार्यन्वयन संयन्त्रको प्रभावकारी परिचालन, दण्डात्मक, निरोधताक्मक र प्रवर्दनात्मक कार्यक्रम र राजनितीक दल एवं [...]
कैलालीको त्रिनगरमा भन्सार छलेर भारत पस्न लागेको भारतीय मारुती गाडीसहित प्रहरीले दश लाख भारतीय रुपैया बरामद गरेको छ। भन्सार छलेर विहान धनगढी आएको गाडीलाई पुनः भारत फर्कने क्रममा भन्सार नाकामा सुरक्षाकर्मीले चेकजांच गर्ने क्रममा दस लाख भारतीय रुपैंया बरामद भएको हो। प्रहरीले भारत बरेलीका अब्दुल अलिन र राजेश खण्डिवाललाईसमेत पक्राउ गरेको छ। सशस्त्र प्रहरीले उनीहरुलाई [...]
सर्वसाधारणको गुनासो बढेपछि संयुक्त अनुगमनटोलीले त्रिभुवन शिक्षण अस्पताल अगाडिका औषधि पसलमा छापा मारेको छ। वाणिज्य विभाग, उपभोक्ता अधिकारकर्मी, औषधी व्यवस्था विभाग र प्रहरीले गरेको संयुक्त अनुगमनमा शिक्षण अस्पताल अगाडीका औषधि पसलमा उपभोग्य मिति सकिएका औषधि भेटिएको छ। अनुगमन टोलीले वेलफेयर फार्मेसीबाट मिति गुज्रेका र लेदो भएको सलाइन बेचेको फेला पारेको छ। त्यस्तै सोही ठाउंमा रहेको [...]
नेपाली काग्रेस, नेकपा एमाले लगायतका पांच राजनीतिक दलले नुवाकोटमा सरकारको असंवैधानिक कदमको विरोधमा संयुक्त आन्दोलनको घोषणा गरेका छन्। कांग्रेस, एमाले, जनशक्ति पार्टी, नेकपा माले लगायतका राजनीतिक दलको संयुक्त बैठकले सरकारले मंसिर सात गते पुनः संविधानसभाको निर्वाचन घोषणा गरेको विरोधमा आन्दोलन गर्ने घोषणा गरेका हुन्। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले लोकतन्त्र [...]