कांग्रेस एमाले लगायतका अठार राजनीतिक दलले राष्ट्रिय सहमतिका लागि देशव्यापी रुपमा शान्तिपूर्ण संघर्षमा उत्रने बताएका छन्। एमाले पार्टी कार्यालय बल्खुमा आज बसेको अठार दलको बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा विघटन गरी चुनावको घोषणा गर्नु निरंकुशता र सत्ताकब्जाको रणनीति रहेकाले लोकतन्त्रको रक्षा गर्न, नयां संविधान निर्माणको संवैधानिक निकास दिन र राष्ट्रिय राजनीतिलाई सहमतिको दिशामा फर्काउन देशव्यापी शान्तिपूर्ण संघर्षमा उत्रने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै नेताहरुले वर्तमान सरकार कामचलाउ रहेकाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिई राष्ट्रिय सहमतिको सरकार गठन गर्न र देशमा देखिएको राजनीतिक र संवैधानिक समस्यालाई सहमतिका साथ समाधान गर्न प्रधानमन्त्रीलाई अग्रसर हुन आग्रह गरे। कांग्रेस एमाले लगायतका अठार दलले दलले जेठ पच्चीस गतेसम्म सम्पूर्ण जिल्लामा विरोध कार्यक्रम र सभाहरु गरिने साथै जेठ २६ गते संयुक्त रुपमा खुलामञ्चमा विरोध सभा गर्ने निर्णयसमेत गरेका छन्।
मिलन









There are currently no comments on सरकारविरुद्ध संघर्ष. Perhaps you would like to add one of your own?