भक्तपुरको छालीङ ढुङ्गेपाटीमा यात्रुबाहक बस दुर्घटना भएको छ। तीव्र गतिका कारण बा २ ख ६२७४ नम्बरको बस पल्टदा ५३ जना घाइते भएको बताइएको छ। घाइतेमध्ये ४९ जनालाई उपचारका लागि काठमाडौं पठाइएको बताइएको छ। अन्य घाइतेको भक्तपुर अस्पतालमा उपचार भैरहेको छ। घटनावारे थप बिबरण आउन बाकी रहेको बताइएको छ।
व्यावसायिक क्रिकेट खेल्न श्रीलङ्का जान लागेका चन्द्र साउद र अमृत भट्टराईलाई गोल्डेन गेट कलेजले दुईतर्फी हवाइ टिकट प्रँयोजन गरेको छ। गोल्डेन गेट कलेजले आज एक कार्यक्रमको आयोजना गरी प्रँयोजन सम्बन्धी जानकारी गराएको हो। नेपाली राष्ट्रिय टोलीका सदस्य अमृत र चन्द्रले श्रीलङ्काको श्रीलङ्का पोर्ट अथोरिटी क्रिकेट एकेडेमीबाट ६ हप्ता क्रिकेट खेल्नेछन्। चन्द्र र अमृत आउंदो सोमबार [...]
दश वर्ष सशस्त्र युद्ध गरेर शान्तिपूर्ण राजनीतिमा आएको एकीकृत नेकपा माओवादी संविधानसभाको विघटनसंगै विभाजनको अन्तिम चरणमा पुगेको छ। जनविद्रोह वा शान्ति र संविधान भन्ने कार्यनीतिको विवादको उत्कर्षसंगै समानान्तर रुपमा बसेको केन्द्रीय समिति बैठकको निष्कर्षले फुटको अन्तिम चरणमा पुगेको देखाएको हो। एकै समय छुट्टा छुट्टै केन्द्रीय समितिको बैठकबाट माओवादीले आफु फुटको अन्तिम तयारीमा जुटेको सन्देश दिन [...]
आदिवासी जनजाति महासंघले राष्ट्रपति डा. रामवरण यादवसमक्ष ज्ञापनपत्र बुझाएको छ । राष्ट्रपति भवन शितल निवासमा जनजाति महासंघले राष्ट्रपति डा. यादवलाई भेटी ज्ञापनपत्र बुझाएको हो। जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले चार शीर्षस्थ राजनितिक दलका कारण मुलुक गम्भीर संकटमा परेको आरोप लगाउंदै अहिलेको विषम परिस्थितिको निकासका लागि कुनै राजनीतिक निर्णय लिंदा सर्वपक्षीय सहमतिका आधारमा निर्णय लिन राष्ट्रपतिलाई [...]
कांग्रेस एमाले लगायतका अठार राजनीतिक दलले राष्ट्रिय सहमतिका लागि देशव्यापी रुपमा शान्तिपूर्ण संघर्षमा उत्रने बताएका छन्। एमाले पार्टी कार्यालय बल्खुमा आज बसेको अठार दलको बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा विघटन गरी चुनावको घोषणा गर्नु निरंकुशता र सत्ताकब्जाको रणनीति रहेकाले लोकतन्त्रको रक्षा गर्न, नयां संविधान निर्माणको संवैधानिक निकास दिन र राष्ट्रिय राजनीतिलाई सहमतिको दिशामा फर्काउन देशव्यापी [...]
पुर्व बिजेता अना इभानोभिच फ्रेन्च ओपनको तेश्रो चरण बाटै बाहिरिएकी छिन। पेरिस स्थित रोनाल्ड गारोसमा आज भएको खेलमा २१ औं बरियताकी इटालीकी सारा इरानी संग १ – ६ , ७– ५ , ६ – ३ ले पराजित हुदै फ्रेन्च ओपन बाट बाहिरिएकी हुन। इभानोभिचले पहिलो सेट १ – ६ ले जिते पनि बांकी दुई सेटमा [...]
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीले म्यानमारको राजनीतिक सुधारमा अति आशावादी नहुन अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराएकी छिन्। थाइल्यान्डको राजधानी बैङ्ककमा आयोजित पूर्वी एसियाको विश्व आर्थिक सम्मेलनमा सहभागी सुकीले म्यानमारको राजनीतिक परिवर्तनप्रति अन्तर्राष्ट्रिय समुदाय सावधान अवस्थामा रहनुपर्ने बताएकी हुन्। म्यानमारमा प्रजातन्त्रको स्थापना पूरा नभइसकेका कारण अन्तर्राष्ट्रिय समुदाय राजनीतिक सुधारप्रति सर्तक रहनुपर्ने सुकीले बताएकी हुन्। आफ्नो पार्टी [...]
एकीकृत माओवादीको असन्तुष्ट बैद्य पक्षले बर्तमान राजनीतिको निकासका लागि समानुपातिक समावेशी प्रतिनिधित्व हुनेगरि सर्वपक्षिय गोलमेचल सम्मेलन गर्न माग गरेको छ। ललितपुरको कुपण्डोलस्थित नेवा राष्ट्रिय मुक्ति मोर्चाको कार्यालयमा सम्पन्न वैद्य पक्षिय केन्द्रीय नेताहरुको बैठकले राजनीतिक निकासका लागि गोलमेच सम्मेलनको माग गरेको हो। सो सम्मेलनलेनै अन्तरिम संयुक्त सरकार गठन गर्नुपर्ने पनि वैद्य पक्षले ठहर गरेको छ। यसैगरि [...]
भारतीय दुतावासले सगरमाथाको सफल आरोहण गर्ने भारतीय सेनाको टोलीलाई सम्मान गरेको छ। काठमाण्डौंस्थित भारतीय राजदुतावासमा आयोजना गरिएको एक कार्यक्रममा आरोहण टोलीलाई सम्मान गरिएको हो। भारतीय राजदुत जयन्त प्रसादले उनीहरुको साहसिक कदमलाई सम्मान गर्नुको साथै उनीहरुमाथि सिंगो भारतले गर्व गरेको बताउनुभयो। राजदुत प्रसादले भारतीय सेनाको आरोहण दललाई नेपाली सेनाको समेत रहेको बताउंदै नेपाली सेनालाई धन्यवाद ज्ञापन [...]
जेठ उन्नाइस अर्थात स्वर्गीय राजा विरेन्द्रको वंशनाश गराउने कहालीलाग्दो दरबार हत्याकाण्ड भएको दिन। हत्याकाण्ड भएको एघारवर्ष बितेपनि दरबार हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन। धेरैले एघार वर्ष अगाडि राजा विरेन्द्रको वंशनाश नभएको भए यति छिट्टै राजतन्त्रको अन्त्य हुने थिएन भन्ने अभिमत राख्छन् । राजा विरेन्द्रको लोकप्रियता र व्यक्तित्वका कारण राजतन्त्रको आयु अझैं लामो हुनसक्थ्यो भन्नेहरु [...]