मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एशिया कप क्रिकेटमा सहभागि भइ नेपाली टोली शुक्रवार स्वदेश फर्किएको छ। टेस्ट मान्यता प्राप्त राष्ट्रहरुसंग प्रतिस्पर्धा गरेको नेपाल समुह चरणबाटै बाहिरिंदै स्वदेश फर्किएको हो। मलेसियालाई फराकिलो रन अन्तरले पराजित गरेपनि नेपाली टोली टेस्ट खेल्ने राष्ट्र भारत र पाकिस्तान संग भने हार बेहोर्दै समुह चरण बाटै बाहिरिएको थियो। नेपाली टोलीका कप्तान [...]
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले शुक्रबार सरकार कुखुराको अण्डाजस्तै कमजोर भएकाले जनुसुकै बेला किचिक्क फुट्न सक्ने बताए। अर्कोतर्फ भौतिक योजना तथा निर्माण मन्त्री ह्दयश त्रिपाठीले भावि संविधानका विषयमा सहमति नगरी सरकारको विकल्प खोज्नु विपक्षीहरुको दिवा सपना भएको जनाए। सत्तारुढ दल र विपक्षी दलका आ–आफ्नै अडानका कारण राजनीतिक सहमति आकाशको फल आंखा तरि मर जस्तो बनेको [...]
असार पन्ध्र अर्थात मुठ्ठी रोपेर मुरी फलाउने दिन। कृषि प्रधान देशको रुपमा चिनिएको नेपालको मुख्य बालि धान रोप्ने दिनको रुपमा आजको दिनलाई मान्ने प्रचलन रहेको छ। पछिल्लो समयमा भित्रिएको आधुनिकिकरण संगै शहरी क्षेत्रमा धान रोपाइँको प्रचलन नै हराएको पाइन्छ। तर, मोरङ्गको विराटनगर संगै जोडिएको झोराहाटका महिला समुहले भने परम्परागत रोपाइँ गरेर उदाहरणीय काम गरेका छन्। [...]
नवगठित नेपाल कम्युनिष्ट माओवादिका अध्यक्ष मोहन बैद्यले नेपाली क्रान्तिको ईतिहासमा एउटा अध्यायको अन्त्य भएर नयां अध्याय सुरु भएको बताउनुभएको छ। ईच्छुक सांस्कृतिक गुठीद्धारा आयोजित कृष्ण सेन ईच्छुक स्रष्टा सम्मान समारोहमा अध्यक्ष वैद्यले जनताका अधिकार स्थापित गर्न नयाँ ढंगले आन्दोलन संगठित भैरहेको उल्लेख गर्नुभयो। सामन्त र अधिनायकवाद बिरुद्धको क्रान्ति समाप्त नभएकोले कला, संस्कृति, साहित्य लगायतका क्षेत्रबाट [...]
सरकारले राजनीतिक दलहरुको सहमतीमा पूर्ण आकारको वजेट ल्याउने तयारी गरिरहेको बेला विपक्षी दलका नेताहरुले भने कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने दोहोर्याएका छन्। आज काठमाडौमा भएको कार्यक्रममा नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले राजनीतिक दलहरुको सहमतिविना सरकारले बजेट ल्याउन नसक्ने र सहमतीका लागि प्रधानमन्त्रीको राजीनामा अनिवार्य शर्त भएको बताउनुभयो। सरकारले गैर बजेटरी खर्च [...]
सरकारले बिना क्षतिपूर्ति सडक विस्तारका कारण विस्थापित बन्न लागेको भन्दै लाजिम्पाटवासी आन्दोलनमा उत्रिएका छन्। लाजिम्पाटको होटल एम्बेसडर अगाडि आजदेखि रिले अनशनमा उत्रिएका लाजिम्पाट बुढानिलकण्ठ सडक विस्तार पीडित संघर्ष समितिले सरकारले सडक विस्तारको कार्य प्रक्रियागत रुपमा नगरेको भन्दै आन्दोलनमा उत्रिएका बताएका छन्। उनिहरुले बिना मुआब्जा र क्षतिपूर्ति सरकारले सडक विस्तार गरे आफुहरुलाई मान्य नहुने समेत बताएका [...]
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको कडी भट्टराई सरकारको बहिर्गमन भएको स्पष्ट पार्नुभएको छ। प्रेस चौचारी नेपाल नुवाकोटले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खनालले प्रधानमन्त्री डाक्टर भट्टराईले पद त्याग गरेपछि मात्र राष्ट्रिय सहमतिको बातावरण बन्ने बताउनुभयो उहाले देशमा बिदेशीको चलखेल बढेको बताउदै प्रधानमन्त्री भट्टराई सत्तामा धेरै दिन टिक्न नसक्ने उल्लेख गर्नुभयो। नुवाकोटको [...]
चीनमा अन्तरिक्ष स्टेशनको स्थापनार्थ १६ जुनमा अन्तरिक्षमा उडेका यात्रीहरु सफलताका साथ अवतरण गरेका छन्। पहिलो महिला अन्तरिक्ष यात्री सहित उडेको अन्तरिक्ष यान स्टेशन स्थापनाको लागि पहिलो चरणको काम सम्पन्न गरेर फर्केको हो। यानको अवतरणसंगै प्रधानमन्त्री वेन जियावाओले चीनले पूर्ण रुपमा सफलता प्राप्त गरेको बताएका छन् । चीनका नागरिकहरुले अन्तरिक्ष सम्बन्धी एक साहसिक कार्य गरेकोमा खुशी [...]
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले डाक्टर बाबुराम भट्टराईको सरकारले तत्काल राजिनामा दिनुपर्ने बताउनु भएको छ। धान दिवसको सन्दर्भ पारेर आज काठमाण्डौको कपन बालुवाखानीमा नेपाल किसान संघले गरेको वृहत रोपाई कार्यक्रममा कोइरालाले यो सरकार संवेदनहिन भएकाले यो सरकार रहेसम्म कुनै पनि राम्रो काम हुन नसक्ने आरोप लगाउनु भयो। सभापति कोइरालाले नेपाली कांग्रेस किसान प्रति सधै सकारात्मक [...]