तिब्बतको राजधानी ल्हासामा ६ सय भन्दा बढी भिक्षुहरुलाई प्रहरीले नियन्त्रणमा लिए

Written by admin. Posted in विदेश, विशेष

Published on May 31, 2012 with

तिब्बतमा भिक्षुहरुको आत्मदाहको क्रम बढ्दै गएपछि सुरक्षाकर्मीले सयौं तिब्बतीलाई नियन्त्रणमा लिएको छ। तिब्बतको राजधानी ल्हासामा ६ सय भन्दा बढी भिक्षुहरुलाई प्रहरीले नियन्त्रणमा लिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। आत्मदाहको क्रम वढेपछि चीन सरकारले ल्हासाको क्षेत्र भन्दा बाहिर रहेका तिब्बतीहरुलाई शहर छोड्न निर्देशन दिएको बताइएको छ।

गत आइतबार ल्हासामा दुई र बुधबार सिचुवान प्रान्तमा १ महिलाले आफ्नो शरीरमा आगो लगाएका थिए। जसमध्ये एक भिक्षु र एक महिलाको मृत्यु भएको थियो। तिब्बतलाई स्वतन्त्र राज्यको माग गर्दै चीन सरकारको बिरोधमा तिब्बतीहरुले आत्मदाह गर्दै आएका छन्। स्वतन्त्र तिब्बतको मागमा सन् २०११ मार्च यता ३० जना तिब्बतीहरुले आफ्नो शरीरमा आफैं आगो लगाएर मृत्यु भएको छ। गत आइतबार भिक्षुहरुले आत्मदाह गरेको तिब्बती मन्दिरमा पर्यटक र दर्शनार्थीहरुलाई प्रवेश निषेध गरिएको छ।

facebook comments:

Leave a Comment