राष्ट्रपति चार्ल्स टेलरलाई युद्ध अपराधमा ५० वर्षको जेल सजांय

Written by admin. Posted in विदेश, विशेष

Published on May 30, 2012 with

लाइबेरियाका पूर्व राष्ट्रपति चार्ल्स टेलरलाई युद्ध अपराध गरेको भन्दै ५० वर्षको जेल सजांय सुनाएको छ। सिएरा लोनमा गठित हेगस्थिति अन्तर्राष्ट्रिय अदालतमा ६ वर्षसम्म चलेको मुद्दाको फैसला बुधबार सुनाएको हो। टेलरले हिराको अवैध कारोवार र छिमेकी मुलुकहरुमा भएको गृहयुद्धमा आफुले नैतिक समर्थन गरेको अन्तर्राष्ट्रिय अदालत समक्ष स्वीकार गरेका छन्। टेलरको यो अपराधलाई अन्तर्राष्ट्रिय अदालतको न्यायधिशले मानव इतिहासकै जघन्य अपराध भएको ठहर गरेका छन्। दोस्रो विश्वयुद्धपछि युद्ध अपराधमा सजांय पाउने टेलर पहिलो पूर्व राष्ट्राध्यक्ष हुन्।

अमर कार्की 

facebook comments:

Leave a Comment