संविधानसभाको अवसानपछि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले घोषणा गर्नुभएको नयाँ निर्वाचनको बैधानिकताको विषयलाई लिएर बृहत मधेशी मोर्चाभित्र विवाद चुलीएको छ। फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहितका केही नेताहरुले नेपाली काँग्रेस र नेकपा एमालेको आडमा प्रधानमन्त्री भट्टराईको कदमलाई असंवैधानिक भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराएको प्रति मोर्चाका अन्य सदस्यहरुले आपत्ति जनाएका छन्।
आज काठमाडौमा पत्रकार सम्मेलन गरी मोर्चाका प्रभु शाह, आत्मराम शाह,अशिश गुप्ता लगायतका नेताहरुले काँग्रेस र एमाले लगायतका अन्य दलहरुको सहकार्य मोर्चाको स्थापित विचार र सिद्धान्त विपरित भएको ठहर गरेको छ। पटक–पटक बैठक बस्न आग्रह गर्दा पनि उपेन्द्र यादव, शरदसिंह भण्डारी लगायतका नेताहरुले त्यसको वेवास्ता गर्दै मधेश तथा संघियता विरोधी तत्वहरुसंग मिलि राष्ट्रपतिसमक्ष विज्ञप्ती बुझाउनुले शंका उब्जाएको असन्तुष्ट पक्षको आरोप छ। मोर्चाको असन्तुष्ट पक्षले भने प्रधानमन्त्रीको कदमलाई उपयुक्त ठानेको छ।
आनन्द








There are currently no comments on मधेशी मोर्चाभित्र विवाद. Perhaps you would like to add one of your own?