पैसा असुल्ने र जग्गाधनीबीच काठमाडौंको वौद्धमा झडप

Written by admin. Posted in विविध

Published on May 29, 2012 with

जग्गा विवादको कारण देखाएर स्थानीयलाई धम्क्याएर पैसा असुल्ने र जग्गाधनीबीच काठमाडौंको वौद्धमा झडप भएको छ। जग्गा एउटाले अर्कोलाई बेचिसक्दा पनि बेच्नेले जग्गा छोड्न नमानेर गुण्डाहरु ल्याएर पैसा मागेको भन्दै झडप भएको प्रहरीले बताएको छ। दुईपक्षबीचको झडप नियन्त्रण गर्न पुगेका महानगरीय प्रहरी वृत वौद्धका प्रहरी निरीक्षक दीपक खड्का घाइते भएका छन्। प्रहरीमाथि हम्मर प्रहार गर्दा खड्का घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीमाथि नै प्रहार गर्नेहरुको खोजी भइरहेको र १४ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

रमेश 

facebook comments:

Leave a Comment