जग्गा विवादको कारण देखाएर स्थानीयलाई धम्क्याएर पैसा असुल्ने र जग्गाधनीबीच काठमाडौंको वौद्धमा झडप भएको छ। जग्गा एउटाले अर्कोलाई बेचिसक्दा पनि बेच्नेले जग्गा छोड्न नमानेर गुण्डाहरु ल्याएर पैसा मागेको भन्दै झडप भएको प्रहरीले बताएको छ। दुईपक्षबीचको झडप नियन्त्रण गर्न पुगेका महानगरीय प्रहरी वृत वौद्धका प्रहरी निरीक्षक दीपक खड्का घाइते भएका छन्। प्रहरीमाथि हम्मर प्रहार गर्दा खड्का [...]
लागूआषैध कानुन कार्यन्वयन इकाइले विभिन्न प्रकारका अवैध लागूऔषध सहित ६ जना पक्राउ गरेको छ। पर्साका ४२ वर्षीय देवराज प्रसाद पण्डित र पार्सकै पप्पु कुमार शर्मालाई एक हजार ७५ पिस एम्पुल डाइजेपाम एक हजार ७५ पिस एम्पुल बु्रप्रिननर्फिन सहित पक्राउ गरेको हो। त्यस्तै, भारत मोतिहारीका राम प्रवेश ठाकुर, पर्साका शिव कुमारी देवी र काठमाडौंका दिनेश श्रेष्ठलाई [...]
संविधानसभाको अवसानपछि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले घोषणा गर्नुभएको नयाँ निर्वाचनको बैधानिकताको विषयलाई लिएर बृहत मधेशी मोर्चाभित्र विवाद चुलीएको छ। फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहितका केही नेताहरुले नेपाली काँग्रेस र नेकपा एमालेको आडमा प्रधानमन्त्री भट्टराईको कदमलाई असंवैधानिक भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराएको प्रति मोर्चाका अन्य सदस्यहरुले आपत्ति जनाएका छन्। आज काठमाडौमा पत्रकार सम्मेलन गरी मोर्चाका प्रभु [...]
इटलीको उत्तरी क्षेत्रमा ५ दशमलब ८ रेक्टर स्केलको भूकम्प हुंदा कम्तीमा १० जनाको मृत्यु भएको छ। स्थानीय समय अनुसार विहान नौ बजे भएको भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आउन बांकी रहेको अधिकारीहरुले जनाएका छन्। इटलीमा गत हप्ता पनि भूकम्पबाट ६ जनाको मृत्यु भएको थियो। इटलीमा भूकम्पको चपेटामा परेका ७ हजार मानिस शिविरमा बस्न बाध्य भएका [...]
पाकिस्तानी सेनाले सियाचिन ग्लेसियरमा ५२ दिन अघि हिउँ पहिरोमा पुरिएका १ सय २८ जना सैनिक सहित १ सय ३९ जनालाई मृत घोषणा गरेको छ। पाकिस्तानी सेनाले विज्ञप्ति जारी गरी ११ सर्वसाधारण र १ सय २८ जना सैनिक मरिसकेको घोषणा गरेको हो। पाकिस्तानी सेनाको नर्दन लाइन इन्फेन्ट्रीको बटालियन हिउँ पहिरोमा परेको हो। तर, शव खोज्ने क्रम [...]
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज कपिलवस्तुको सदमुकाम तौलिहवामा नयँ निर्वाचन घोषणा गरेको समर्थनमा विजय जुलुस गरेको छ। पार्टी अध्यक्ष कमल थापाले २ वर्ष अघिदेखि भन्दै आएको ताजा जनादेशमा जाने सुझावलाई वर्तमान सरकारले गरेको निर्वाचन घोषणा कार्यक्रमले सार्थकता पाएको भन्दै राप्रपा नेपालले कपिलवस्तुमा विजय जुलुस गरेको हो। सदरमुकामको भिच्छुचोकबाट सुरु भएको र्याली नगरपरिक्रमापछि प्रशासन चोकमा पुगी [...]
प्रहरीले सिन्धुपाल्चोकको बन्देउबाट १७ किलो सुनाखरी सहित तीन जनालाई नियन्त्रणमा लिएको छ। बा २ ख २६६३ नम्बरको कन्टेनरमा लुकाई छिपाई चीनतर्फ लैजांदै गरेको अवस्थामा प्रहरीले सुनाखरी बरामद गरेको हो। प्रहरीले सुनखरीसहित कन्टेनरका चालक दोर्जे शेर्पा र अन्य दुई जनालाई नियन्त्रणमा लिएको छ। कन्टेनरको इन्जिन र चालकको सिट मुनी लुकाएर राखेको अवस्थामा सुनाखरी बरामद गरेको प्रहरीले [...]
काभ्रे जिल्लामा पहिलो पटक राष्ट्रियस्तरको ठूलो धनराशीको फुटबल प्रतियोगिता हुने भएको छ। पाँचखाल युनाइटेड फुटबल एसोसिएसन पुफाको आयोजनामा जेठ १८ गतेदेखि २७ गतेसम्म फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो। प्रतियोगितामा पुफा, नवज्योति युथ क्लब, मध्यपुर फुटबल एसोसिएसन, बीबीसी काभ्रे लगायत ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई एक लाख सहित [...]
संविधानसभाको पुनः निर्वाचन गर्ने सरकारी निर्णयलाई अवैधानिक ठहर गरेका नेपाली काँग्रेस, नेकपा एमाले लगायत केही साना दलहरुको संयुक्त बैठक आज पनि बसिरहेकेा छ छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केहीबेरदेखि जारी बैठकले सरकारी निर्णय खारेजीका लागि अपनाउने आन्दोलनका कार्यक्रम तय गर्ने बताइएको छ। बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति [...]