निर्वाचनको घोषणाबाट देशभक्त तथा परिवर्तनकारी जनसमुदायमा गम्भीर आघात हुने

Written by admin. Posted in राजनीति, विशेष

Published on May 28, 2012 with

एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले सरकारले संविधानसभाको निर्वाचन सम्बन्धि गरेको निर्णय अबैधानिक भएको बताउनुभएको छ। आज एक बिज्ञप्ती जारी गर्दै उहाँले निर्वाचनको घोषणाबाट देशभक्त तथा परिवर्तनकारी जनसमुदायमा गम्भीर आघात पुर्‍याएको बताउनु भएको छ। उहाँले राजनीतिक दलहरुको सहमतिबिना र  संबैधानिक व्यवस्था मिचेर गरिएको घोषणा स्वतः अबैधानिक हुने उल्लेख गर्नुभएको छ।

उहाँले सरकारको अबैधानिक कदमको घोर विरोध गर्दै सरकारको तत्काल राजिनामा माग्नु भएको छ। उहाँले यथाशीघ्र सर्वदलीय राजनीतिक सहमति कायम गरी संविधानसभा निर्वाचनलगयात सम्पूर्ण राजनीतिक निकास र नीतिगत निर्णयसम्बन्धी कामको व्यवस्था गर्न दलहरु एकजुट हुनुपर्ने बताउनु भएको छ।

facebook comments:

Leave a Comment