Articles Posted on May 26th, 2012

  • chhettri-bandha

    ब्राम्हण क्षेत्री ठकुरी दशनामी लगायतका जातजातिद्वारा काठमाडौमा खबरदारी सभा

    सरकारले आफुहरुसंग गरेको सहमति प्रभावित हुनेगरी अन्य समूहसंग पनि सहमति गरेको भन्दै आज ब्राम्हण क्षेत्री ठकुरी दशनामी लगायतका जातजातिले काठमाडौमा खबरदारी सभा गरिरहेका छन्। राष्ट्रिय अखण्डता र जातीय सदभावका लागि संयुक्त संघर्ष समितिले आज काठमाडौंका विभिन्न स्थानबाट जुलुश निकाली खुलामञ्चमा सभाको आयोजना गरेको हो। सभाका सहभागीहरुले ब्रँम्हण क्षेत्रीसंग सरकारले गरेको तीन बुंदे सहमतिको मसी सुक्न [...]

  • HTV-website-picture

    सहकर्मीमाथि आगजनीको प्रयास भएको विरोधमा यातायात मजदुरहरुद्वारा बुटवलमा विरोध प्रदर्शन

    आफ्ना सहकर्मीमाथि आगजनीको प्रयास भएको विरोधमा यातायात मजदुरहरुले आज बुटवलमा विरोध प्रदर्शन गरेका छन्। बुटवलको लुम्बिनी बस टर्मिनलबाट सुरु भएको बिरोध र्‍याली अमरपथ, संगमपथ, अरब बैक चोक हुंदै ट्राफिक चोकमा पुगी बिरोधसभामा परिणत भएको थियो। विरोधसभामा बोल्दै ट्रेड युनियन महासंघ लुम्बिनी राप्ती अञ्चल अध्यक्ष हरिबहादुर कार्कीले श्रमजीवि मजदुरलाई जिउंदै जलाउने कार्यले लोकतन्त्रको खिल्ली उडाएको बताउनुभयो। [...]

  • सिन्धुपाल्चोकको बन्देउबाट १५ लाख रुपैंयासहित दुईजनालाई पक्राउ

    सिन्धुपाल्चोकको बन्देउबाट १५ लाख रुपैंयासहित दुईजनालाई पक्राउ

    सिन्धुपाल्चोकको बन्देउबाट प्रहरीले १५ लाख रुपैंयासहित दुईजनालाई पक्राउ गरेको छ। चेकजांचको क्रममा प्रहरीले गाडीको सिटमुनि लुकाइराखेको अवस्थामा १५ लाख रुपैया सहित काभ्रे पँचखालका जुवारीलाल श्रेष्ठ र विराटनगरका इन्द्र प्रसाईलाई पक्राउ गरेको हो। ना १ ज २२८७ नंम्बरको टाटामोवाईलवाट पक्राउ परेको रकममध्ये आठ लाख रुपैया चालक श्रेष्ठको र बाकी प्रसाईको भएको प्रहरीले बताएको छ। श्रेष्ठ र [...]

  • Aishwarya-Rai

    क्यान फिल्म फेस्टिवलमा ऐश्वर्या

    बेलायतमा जारी क्यान फिल्म महोत्सवमा सहभागि हुन बलीउड अभिनेत्री ऐश्वर्या राय बच्चन यसै साता बेलायत पुगिन् । आमा बने पछि धेरै सार्वजनिक समारोहमा भाग नलिएकी ऐश्वर्या राय यसपटक भने क्यान फिल्म महोत्सवमा पुगेकी हुन् । फिल्म अभिनेत्री भएकै कारण र फेशनेवल नायीकाका कारण पनि चर्चित ऐश्वर्याले यस महोत्सवमा भने परम्परागत भारतीय पोशाक पहिरेर सहभागिता जनाएकी [...]

  • egypt-election

    इजिप्टमा पुनः निर्वाचन

    इजिप्टमा संक्रमणकालिन राजनीतिक अवस्थामा भएको राष्ट्रपति निर्वाचनमा स्पष्ट बहुमत नआएपछि पुनः निर्वाचन हुने भएकेा छ। गत मे २३ र २४ गरी दुई दिनसम्म भएको निर्वाचनमा कुनै उम्मेदवारको पनि स्पष्ट बहुमत नआएका कारण पुनः निर्वाचन हुन लागेको हो। निर्वाचनमा मुस्लिम ब्रदरहुड पार्टीका मोहम्मद मुरसीले २५ प्रतिशत र पूर्व राष्ट्रपति होस्नी मुबारकको कार्यकालमा प्रधानमन्त्री रहेका अहमद शफिकले [...]

  • lagani-board

    लगानी बोर्डको नियमावली पारित

    ठूला, विशेष महत्वका तथा अत्यावश्यक सेवा क्षेत्रमा लगानीको निर्णय गर्न गठन गरेको लगानी बोर्डको नियमावली आज पारित भएको छ। सरकारले गत भदौमा नै लगानी बोर्ड ऐन ल्याएपनि नियमावलीको अभावमा कार्यान्वयन हुन सकेको थिएन। बोर्डको प्राविधिक तथा विशेषज्ञ क्षमता जस्ता विवाद कायमै रहेका बेला बोर्डले आज आफ्नो नियमावली पारित गरेको हो। आज विहान प्रधानमन्त्री निवास वालुवाटारमा [...]

  • sudurpachimanchal-bandha

    सुदूरपश्चिम पुनः बन्दका कारण जनजिवन प्रभावित

    सरकारले सुदूरपश्चिमलाई नटुक्र्याउने भनी आफूहरुसंग गरेको सहमति कार्यान्वयनमा आलटाल गरेको भन्दै सुदूरपश्चिम एकता समाजले पुनः आन्दोलन सुरु गरेपछि त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। विभिन्न समूहहरुको लगतारको बन्दले आक्रान्त बन्दै आएको सुदूरपश्चिम पुनः अखण्ड सुदूरपश्चिम पक्षधरहरुको आमहड्तालका कारण अस्तव्यस्त भएको छ। बन्दका कारण त्यस क्षेत्रमा यातायातका साधन चलेका छैनन् भने शैक्षिक संस्था, उद्योग कलकारखाना वन्द [...]

  • jestha-14-surakchya

    जेठ १४ लागि प्रहरीद्वारा विशेष सुरक्षा सतर्कता अपनाए

    संविधान जारी गर्न राजनीतिक दलहरु तल्लीन रहेका बेला सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी महानगरीय प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको छ। राजधानीका केही महत्वपूर्ण स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। तोकिएको मितिमा संविधान जारी गर्न दबाब दिने उद्येस्यले राजधानी लगायत देशका बिभिन्न स्थानमा प्रदर्शन भैरहेका छन्। बिभिन्न संगठनहरुले आ–आफ्नो माग संविधानमा उल्लेख हुनुपर्ने मागसहित दबाबमुलक कार्यक्रम समेत [...]

  • singha-durbar

    सरकारका बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने खनालको प्रस्ताव संसदीय दलद्धारा अस्विकार

    नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री बाबुराम भट्टराई बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन गरेको प्रस्ताव उनकै संसदीय दलले अस्विकार गरेको छ। बिहान दलको कार्यालय सिंहदरवारमा बसेको बैठकमा युवा सभासद रविन्द अधिकारी लगायत जनजाती सभासदले विरोध गरेपछि उनकेा प्रस्ताव अस्विकार भएको हो। बैठकमा पार्टी अध्यक्ष झलनाथ खनालले जनजाति सभासदहरुले नाम र सीमा बिनाको ११ प्रदेशको विपक्षमा [...]

  • pm-niwas-baluwatar

    पूर्ण संविधान आउने र १४ प्रदेशमै सहमति कायम हुने विश्वास व्यक्त : महन्थ ठाकुर

    एकीकृत नेकपा माओवादीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले एमालेले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर थालेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान आह्वान गरिएको प्रमुख तीन दल र मधेसी मोर्चाबीचको बैठकमा सहभागि हुन छाडेर हस्ताक्षर अभियानमा लागेको भन्दै उहाँले आपत्ती जनाउनुभयो। बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम सहभागी भएपनि केहि बेरमै बाहिरिएका थिए। [...]