रुकुमको गरायला गाविसको भीरबाट खसेर स्थानीय एक किशोरीको मृत्यु भएको छ। चाख्लीमेलाकी १८ वर्षीया लीला विसीको भीरबाट खसेर मृत्यु भएको हो। आज दिउसो घांस काट्ने क्रममा भीरबाट खसेर गम्भीर घाइते भएकी विसीलाई उचारको लागि लादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयले बताए। उनी भीरबाट करिव दुई सय मिटर तल खसेको बताइएको छ। यस्तै ठुलीभेरी नदीमा वगेर एक वालिका ४ दिनदेखि बेपत्ता भएकी छिन्। रुकुमको विजयश्वरी गाविस वडा ६ लापुले गाउं निवासी १४ वर्षीया बालिका सृजना विक बेपत्ता भएको प्रहरीले जनाएको छ। वालिकाको खोजी कार्यजारी राखिएपनि अहिलेसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ।
लक्ष्मण केसी /रुकुम








There are currently no comments on रुकुमको गरायलामा खसेर स्थानीय एक किशोरीको मृत्यु. Perhaps you would like to add one of your own?