ब्रिटिस कलेजद्वारा विद्यार्थीहरुलाई आई प्याड वितरण

Written by admin. Posted in प्रविधि

Published on May 24, 2012 with

विद्यार्थीहरुलाई प्रोत्साहित गर्न ब्रिटिस कलेजले यस शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरुलाई आई प्याड वितरण गरेको छ। आज कलेजमा पत्रकार सम्मेलन गर्दै ब्रिटिस कलेजका प्रिन्सिपल डेभिड ब्रायसले विद्यार्थीहरुलाई आई प्याड वितरण गर्नुभयो। कोर्षको पुरा शुल्क तिर्ने विद्यार्थीहरुलाई आई प्याड वितरण गरेको कलेजले जनाएको छ। शिक्षा मन्त्रालयले समयमै स्विकृति नदिएको कारण गैर आवासिय नेपालीहरुको लगानी रहेको ब्रिटिस कलेजले यसपाली उल्लेख्य विद्यार्थी भर्ना गर्न पाएन। तर आगामी सेप्टेम्बर सत्रमा अपेक्षा गरेभन्दा बढि विद्यार्थी आउने अपेक्षा वि्रटिस कलेजले गरेको छ। वि्रटिस कलेज बेलायतको युनिभर्सिटि अफ वेष्ट अफ ईग्ल्याण्डसंग पार्टनरसिपमा नेपालमा खोलिएको कलेज हो। कलेजले नेपालमै बेलायती डिग्री प्रदान गर्दछ।

शम्भु 

facebook comments:

Leave a Comment