जोय बारटनलाई इङल्यान्डको फुटबल एशोसियसनद्वारा १२ खेलमा प्रतिबन्ध

Written by admin. Posted in खेलकूद, विशेष

Published on May 24, 2012 with

क्विन पार्क रेन्जर क्युपिआरका क्याप्टेन जोय बारटनलाई इङल्यान्डको फुटबल एशोसियसनले १२ खेलमा प्रतिबन्ध लगाइएको छ । इङलिस प्रिमियर लिगको फाइनलमा जोयले म्यानचेस्टर सिटीका खेलाडी कार्लोस टेभेजलाई लडाएका थिए। टेभेजलाई लडाए लगत्तै रेफ्रिले जोयलाई रातो कार्ड देखाएका थिए। जोयले रातो कार्ड खादै मैदान छोड्ने क्रममा सर्जियो एग्युरियो र भिन्सेन्ट कोम्पनी माथि लात्ती प्रहार गरेका थिए।

जोय माथि त्यतीबेला नै चार खेलमा प्रतिबन्ध लगाइएको थियो। एशोसियसनले यस्तो ब्यबहारले फुटबलको छबि बिगार्नै भन्दै जोयलाइ अन्य आठ खेलमा प्रतिबन्ध लगाइएको हो। साथै उनलाई एशोसियशनले ७५ हजार पाउन्ड जरिवाना पनि गरेको छ। १२ खेलमा प्रतिबन्ध लागेसंगै जोयको भविष्य समेत अन्यौलमा परेको छ। क्युपिआरका प्रवक्ताले जोयको प्रतिबन्धको बिषयमा कुनै प्रकिृया नदिए पनि आन्तरिक अनुसन्धान सुरु गरिएको बताएका छन। सो खेल म्यान्चेष्टर सिटीले क्युपिआरलाई ३–२ ले पराजित गर्दै ४४ बर्षपछि इङ्लीस प्रिमियर लिगको उपाधि जितेको थियो।

facebook comments:

Leave a Comment